२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ कम्पनी रजिस्ट्रार कार्यालयको घुस खाने तरिका, थाहा पाउनुहोस्



अ+ अ-

काठमाडौँ । व्यवसायी रुद्रराज पाण्डेले कम्पनी रजिस्ट्रारको कार्यालयले कसरी घुस खान्छ भन्नेबारे बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले सो कार्यालयको घुस खाने तरिका विस्तार गर्दै यसलाई सेयर गरेर उद्योग सचिव र प्रधानमन्त्रीको कार्यालयसम्म पुर्‍याइदिन अनुरोध गरेका छन् । 

उनका अनुसार सानोतिनो लाखभन्दा कम घुस आउने काम सो कार्यालयमा सल्बलाइरहेका दलालमार्फत हुन्छ भने ठूलो ठूलो लाखभन्दा बढी घुस आउने भए रजिस्ट्रारलाई नै भेट्नुपर्छ । 

उनले सामाजिक सञ्जालमा सो कार्यालयको घुस खाने तरिका यसरी पोस्ट गरेका छन् :

सानो–तिनो लाखभन्दा कम घुस आउने काम उक्त अफिसमा सल्बलाइरहेका दलालहरूमार्फ़त हुन्छ। दलालले पैसा सुटुक्क लिन्छ र हाकिमको खल्तीमा पैसा पुग्छ अनि दलालको हातबाट आएको फ़ाइल हाकिमले आँखा चिम्लेर सही गर्छ।

ठूलोठूलो लाखभन्दा बढी घुस आउने काम भए रजिस्ट्रारलाई नै भेट्नु पर्छ। रजिस्ट्रारले एक पटक हप्काए ज़स्तो गर्छ, “तपाईंहरू के के काम लेर आउनु हुन्छ” भन्दै। अनि रजिस्ट्रारले क़ानूनसम्बन्धी उप–रजिस्ट्रारलाई पनि बोलाउँछ। क़ानूनज्ञाताले झन अनेक दफ़ा तोक्दै “ग़ार्हो छ सर” भन्छ। 

अनि हामी जस्ता काम गरेर खान पर्ने व्यवसायीहरू “के गर्ने त सर रु” भन्छौँ। अनि रजिस्ट्रारले घण्टी बजाउँछ। “ल उहाँको फ़ाइल एक पटक फेरी हेर्नुस् त” भनेर रजिस्ट्रारके पिएलाई भन्छ। पिएले हस् सर भन्छ। पिएले भोलि आउनुस् भन्छ। 

भोलि पल्ट जाँदा एउटा कुनामा लगेर यति लाख लाग्छ भन्छ। लिने भन्दा डबल भन्छ। हामी जस्ता दुःखी व्यवसायीहरूसँग केही अरु उपाय हुन्न। बार्गेनिङ गरेर मागे भन्दा २०–३० प्रतिशत कम दिन राज़ी हुन्छौँ। पिएले एउटा दलालको नम्बर दिन्छ। दलालले अफिस बाहिर कतै भेट्छ र पैसा लिन्छ।

पैसा देको २–३ दिनमा काम हुन्छ। पैसा नदिए अनेक क़ानूनी बाधा देखाउँछ। पैसा हात परेपछि सबै मिल्छ। काम क़ानूनसम्मत नै हो तर पैसा बिना केही हुन्न।

यस्तो स्थितिमा अख़्तियार र अदालतके के गरोस्। यहाँ हाकिमले घुस ख़ाको प्रमाण कहीँ हुन्न। पैसा लेनदेन दलालमार्फ़त हुन्छ। नेपाल यो ज़ालबाट कसरी निस्केला ख़ै रु सरकारी कर्मचारीलाई राजनैतिक नेताको आशीर्वाद हुनु पर्छ। नत्र यसरी दिउँसै डकैती किन गर्न सक्थे ?