१ आश्विन २०८३, बिहीबार
,
Latest
फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार ६९५१ संक्रमित थपिदा ९८४१ निको



अ+ अ-

काठमाडौं । नेपालमा थप ६९५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पाइएको हो । यस्तै पछिल्लो २४ घण्टामा ९८४१ संक्रमित निको भएका छन् । 

यस्तै शुक्रबार कोरोनाबाट मृत्यु हुनेको संख्या ९६ रहेको छ । देशभरका प्रयोगशालाहरुमा २० हजार ११० परीक्षणमध्ये १९ हजार ३१३ पिसिआर र ७९७ एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । 

देशमा हालसम्म संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ भने त्यसमध्ये ४ लाख २८ हजार ६७० संक्रमित निको भएका छन् । 

हालसम्म कोरोनाबाट ७ हजार ४७ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेको छ ।