१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रतिष्ठानको शिक्षाध्यक्षमा डा धामी नियुक्त



अ+ अ-
कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षाध्यक्ष (रेक्टर) मा सह–प्राडा डबलबहादुर धामी नियुक्त हुनुभएको छ ।
यसअघिका शिक्षाध्यक्ष डा निरेश थापाले विसं २०८० वैशाख १ गते पदबाट राजीनामा दिएपछि रिक्त भएको उक्त पदमा डा धामीसहित प्राडा मुनिराज क्षेत्री र सह–प्राडा कुशल भट्टराईले आवेदन दिनुभएको थियो । दुई महिना १६ दिनसम्म खाली रहेको शिक्षाध्यक्ष पदमा उपकुलपति डा मङ्गल रावलको सिफारिसमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आइतबार डा धामीलाई सो पदमा नियुक्त गरिएको हो ।
फार्माकोलोजिष्ट सह–प्राडा धामी बझाङ् जिल्ला निवासी हुनुहुन्छ । उहाँले काठमाडौँ विश्वविद्यालयबाट एमडी इन क्लिनिकल फार्माकोलोजी एन्ड थेरापिउटिक्स अर्थात् औषधि विज्ञानमा स्नातकोत्तर गर्नुभएको छ ।रासस