२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गिरिजाबाबुको जस्तो निर्णय गर्ने क्षमता सबै नेतामा हुँदैन: नेता कोइराला



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले गिरिजाप्रसाद कोइरालामा जस्तो निर्णय गर्ने क्षमता सबै नेतामा नहुने बताउनुभएको छ ।

स्व गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीका अवसरमा बिपी कोइराला युवा नेतृत्व मञ्चले आज यहाँ आयोजना गरेको रक्तदान कार्यक्रममा उहाँले गिरिजाबाबु अदम्य साहस र निर्णय क्षमता भएका नेता हुनुहुन्थ्यो भन्नुभयो ।

कांग्रेसका पूर्वमहामन्त्री डा कोइरालाले भन्नुभयो, “गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबैमा हुँदैन, उहाँ जे बोल्नुहुन्थ्यो त्यो पूरा गर्नुहुन्थ्यो । उहाँकै कारण दोस्रो जनआन्दोलन सफल भएको हो ।” उहाँका अनुसार दोस्रो जनआन्दोलन र सङ्घीय लोकतान्त्रिक गणतन्त्र गिरिजाबाबुका कारण सम्भव भएको हो ।

रक्तदान जस्तो सामाजिक काममा सबै लाग्नुपर्ने डा कोइरालाको भनाइ थियो । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सञ्जय गौतम र उर्मिला थपलिया, कांग्रेस सङ्खुवासभाका सभापति एवं सांसद दीपक खड्कालगायतले रक्तदान सामाजिक काम भएकाले कांग्रेसका नेता कार्यकर्ताले प्राथमिकता दिनुपर्ने बताए ।

गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीको अवसर पारेर आयोजित रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेको मञ्चका अध्यक्ष भरत खड्काले जानकारी दिनुभयो । रासस