५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँसका बस्त्रले भरिएका भारीबहादुर



अ+ अ-

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका वडा नं २ रुम बेली तल्लो गाउँका भारीबहादुर पर्तेल शरीरभरि बाँसको चोयाले बुनेको लुगामा वसन्तपुर दरबार क्षेत्रमा भेटिनु भयो ।

दैनिक हजारौँ आन्तरिक र बाह्य पर्यटक आउने वसन्तपुर दरबारको गद्दी बैठक अगाडि उभिरहनु भएका पर्तेलसँग पर्यटकहरु फोटो खिच्न वा नजिक पुगेर उहाँको पोशाक छाम्न पुग्छन् । छत्रे टोपी चस्मा, महला (गाईगोरीको मुखमा लगाइने) जस्तै मास्क, कोट, ब्यागदेखि जुत्तासम्म चोायाले बनाउनुभएको छ पर्तेलले ।

गाँउघरमा आफूले बनाएको सामग्रीहरु बिक्री नभएपछि निराश बन्नुभएका पर्तेललाई काठमाडौँ जान गाउँका मान्छेले सल्लाह दिए । आफुले बनाएका केही सामग्रीसहित उहाँ काठमाडौं आइपुग्नुभयो । आफुले बनाएका लुगा लगाएर मान्छेको चहलपहल हुने ठाउँमा उभिँदा आम्दानी पनि हुन थालेपछि उहाँ एक पटक गाँउ पुगेर थप सामानसहित काठमाडौँ आउने तयारीमा हुनुहुन्छ ।

पर्तेलले केही वर्षयता जंगलबाट निगालो ल्याई त्यसबाट चोया निकालेर टोपी, कोट, इस्टकोट, पाइन्ट, जुत्ता, झोला, मनिब्या लगायत पोशाक बनाउने गर्नुभएको छ ।

वसन्तपुरमा दरबार क्षेत्रको गद्दी बैठक अगाडी उभिनुभएका पर्तेलले न्युजपोलारसँग भन्नुभयो, “अहिले त चोयाका पोशाक भाडामा समेत लैजाने गरेका छन् । केटाकेटीहरुले मेरो पोशाक लगाएर मोबाइलमा फोटो खिच्छन्, टिकटक बनाउँछन् र मलाई पैसा दिने गरेका छन्, कमाइ राम्रै छ ।’

पर्तेलले पोशाकका अतिरिक्त चोयाबाट घरायसी सामग्रीहरु डोका, नाम्ला, भकारी, थुन्सेलगायतका सामग्रीहरु पनि बनाउनु भएको छ । कृषि सामग्रीहरु गाउँघरमा फाट्टफुट्ट बिक्री भए पनि पोशाकहरु खासै बिक्री नहुने उहाँले बताउनुभयो ।

त्यसपछि चोयाबाट बनेका पोशाक लगाएर प्रर्दशन गर्न थालेपछि बिक्री वितरण गर्न थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यस्ता पोशाकले हाम्रो पुरानो जीवन र पुर्खाहरुको त्यतिबेलाको अवस्थालाई पनि सम्झाउँछन्, स्थानीय सरकार वा सम्बन्धित निकायले सहयोग गरेमा म अझ राम्रा हस्तकलाका सामग्रीहरु बनाउन सक्छु, मात्र सहयोगको खाँचो छ ।”

म्याग्दीबाट- हरिकृष्ण गौतमको सहयोगमा