२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिताको आधार हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गिरिजाबाबुलाई गणतन्त्रको पहिलो राष्ट्रपति प्रस्ताव नगरेकोमा मलाई पश्चात्ताप छ– प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्रको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा आफूलाई पश्चात्ताप भएको बताउनुभएको छ ।

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्तीका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले आफू गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीका रूपमा रहँदा तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिका रूपमा प्रस्ताव नगरेकोमा आफूलाई पश्चात्ताप लागेको बताउनुभयो ।

गिरिजाबाबुलाई राष्ट्रपतिको प्रस्ताव नगरिराख्दा सायद उहाँले आफूलाई पहिलाको जस्तो भरोसा र विश्वास गर्नुहुन्न कि जस्तो लागेको तर उहाँले त्यस्तो नगर्नुभएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । उहाँले भन्नुभयो, “मैले त्यसबेला प्रधानमन्त्रीबाट राजीनामा दिने मनस्थिति बनाएपछि गिरिजाबाबुलेले राजीनामा नदिन पटकपटक भनिराख्नुभएको थियो ।”

“अस्पतालमा गिरिजाबाबु मृत्युसँग जुधिराख्नुभएको बेला मलार्ई बोलाएर देश समाल्नु भनेका कुराहरूले मलाई गिरिजाप्रसाद कोइरालाप्रति आस्था, विश्वास भइराख्यो”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले पहिलो पटकको भेटदेखि अन्तिम भेट हुँदासम्म कोइरालामा कुनै द्विविधा, अविश्वास, शङ्का या आशङ्का नदेखेको, बरु आफूले गल्ती गरेको तर कोइरालाले गल्ती नगरेको बताउनुभयो ।

“बरु मैले गल्ती गरेँ, गिरिजाबाबुले विल्कुल गल्ती गर्नुभएन”, शान्ति सम्झौता लगायतका राजनीतिक घटनाक्रमलाई स्मरण गर्दै उहाँले भन्नुभयो, “मैले उहाँसँग गरेका प्रतिबद्धता सबै जस्ताको तस्तै पुरा गर्न कतिपय सन्दर्भमा सकिनँ ।”