२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

भन्सार काण्डले भाइरल बनेका कोरियाबाट फर्केका श्रमिकले २ नभई ल्याएका थिए ४ ओटा मोबाइल



अ+ अ-

काठमाडौं । वैदेशिक रो‍जगारीको शिलशिलामा ६ वर्ष दक्षिण कोरियामा बिताएर नेपाल फर्किएका स्याङ्जाका छविलाल भण्डारी (दामु दाइ)ले दुईवटा नभई चार ‌ओटा फोन ल्याएको पाइएको छ ।

विमानस्थलमा दुई ओटा मोबाइल सेटका लागि ४४ हजार रुपैयाँ तिर्नुपरेको भन्दै आक्रोशसहित सामाजिक सञ्जालमा पोस्ट गरेपछि भाइरल बनेका उनी स्वयंले यो कुरा स्वीकार गरेका हुन् ।

एयरपोर्टबाट उनले आफ्नो लगेजमा भए‍को २५ प्रतिशत सामान समेत हराएको आरोप लगाएका थिए । “पटक पटक एयरपोर्ट गएर सीसीटिभी हेरिदिन आग्रह गर्दा राम्रो कुरा समेत नगरेको कुराले म जस्ता वैदेशिक रोजगारीमा गएका सम्पूर्ण नेपालीलाई अत्यन्तै दुःखी बनाएको छ,” उनले फेसबुकमा लेखेका थिए ।

भन्सार कार्यालयकाअनुसार उनले ४ वटा फोन बोकेका थिए । उनले सहुलियतमा एउटा सामसङको नयाँ सिल नतोडिएको र अर्को एक पुरानो मोडलको आइफोन ल्याएको पाइएको छ । जसमध्ये सरकारले दिएका सुविधामा २ वटा फोन भन्सार छुट सुविधामा भण्डारीले पाएको र २ वटा फोनमा कानुन बमोजिम भन्सार लागेको कार्यालयले स्पष्ट पारेको छ ।

उनले फेसबुकमा पोस्ट गरेको फोटोमा एउटा प्रयोग भएको फोन (आईफोन १२) र अर्को नयाँ फोन (आईफोन १४) को रशिद रहेको थियो । जसका लागि भण्डारीले कूल ४४ हजार ७३४ रुपैयाँ भुक्तानी गरेको देखिन्थ्यो ।

उनले आइतबार अर्को एक पोस्ट राख्दै हराएको भनिएको सामान जापानबाट नेपाल फर्किएका व्यक्तिकोमा पुगेको उल्लेख गरेका छन् ।

मन्त्रिपरिषद्‌को २६ वैशाख २०८० को निर्णयअनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार छ महिना काम गरी फर्केका नेपाली नागरिकले दुई थानसम्म मोबाइल फोन ल्याएमा कुनै पनि महसुल लाग्दैन ।