• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   मन्त्रीपरिषद् पुनर्गठन गर्नेबारे मलाई जानकारी छैन, प्रधानमन्त्रीसँग सोधौँला: माधवकुमार नेपाल ★   देश विकास हुनबाट रोक्न काँग्रेसले ‘स्यालहुँइया’ मच्चायो: ओली ★   अस्ट्रेलियाको भरमा इंग्ल्याण्ड टोली, अष्ट्रेलियाले उतार्ला कि पछार्ला ? ★   जिल्ला प्रहरी कार्यालय सिरहाभित्र प्रहरी जवान मृत फेला ★   चितवनबाट रेशमखेती विस्थापित हुँदै ★   सारासँग ब्रेकअपपछि सिंगल छन् कार्तिक आर्यन ★   ‘पुजार सार्की’ हेर्दा बाबुराम भट्टराई भए भावुक, हिसिलाको प्रचण्डलाई व्यङ्ग्य ★   पुराना दलले नयाँ दललाई गरेको व्यवहारलक्षित रास्वपा नेताको असन्तुष्टि ★   पुँजी बजारमा करिब साढे ६ अर्बको कारोबार ★   बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती

मोरङमा वृक्ष रोपण



विराटनगर । ‘सन्ततीका लागि सोचौँ, समृद्धि र हरियालीका लागि रुख रोपौँ’ नाराका साथ देशभरी राष्ट्रिय वृक्षारोपण दिवस– २०८० बिहीबार उत्साहका साथ मनाएको छ ।

मोरङको लेटाङ नगरपालिकामा रहेको जनचाहना सामुदायिक वन उपभोक्ता समूहमा भव्य कार्यक्रम गरी यो दिवस मनाएको हो । सामुदायिक वन समूहको अध्यक्ष श्री खगेन्द्र नेपालको अध्यक्षमा, लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यता र डिभिजन वन कार्यालय, मोरङकाका डिभिजनल वन अधिकृत विष्णुलाल घिमिरेको विशेष आतिथ्यतामा वृक्षारोपण कार्यक्रम संचालन भएको थियो ।

उक्त कार्यक्रमको अवसरमा लेटाङ नगर प्रमुख लावतीले नगरलाई हरियाली बनाउने, सरसफाई राख्ने कुरालाई विशेष ध्यान दिने तथा प्राकृतिक श्रोत साधनलाई उचित ढङ्गले प्रयोग गर्ने कुरा बताउनु भयो ।

त्यस्तै गरी डिभिजन वन अधिकृत घिमिरेले आज यसवृक्षरोपण दिवसको अवसरमा यस सामुदायिक वनको आलावा अन्य छ वटा सामुदायिक वन, एक साझेदारी वन तथा धेरै निजी वन धनीहरुले वृक्षरोपण गरिरहेको जानकारी दिनुभयो । यसका लागि डिभिजन वन कार्यालय नर्सरी, सव डिभिजन वन कार्यालय १० वटा लगायत यस कार्यालयको अनुदानमा विभित्र छ वटा निजी नर्सरीबाट उत्पादन भएको बिरुवा नि:शुल्क वितरण भएको उहाँले जानकारी दिनुभयो । हरियाली प्रवद्र्धन र वृक्षरोपण कार्यमा स्थानीय तहहरुबाट समेत सहयोग भइरहेको र भविष्यमा थप साथ सहयोग पाउने आशा राख्दै वृक्षारोपण कार्य पुण्यको काम भएकोले यसमा सबै जना बिरुवा रोपणमा सहभागी हुन डिभिजनल वन अधिकृत घिमिरेले आह्वान गर्नु भयो ।

त्यस्तै गरी सामुदायिक वन उपभोक्ता महासंघ, प्रदेश समितिका सदस्य अग्नी पौडेले सामुदायिक वन उपभोक्ता समूह, डिभिजनल वन कार्यालयका र स्थानीय तहसँगको समन्वय र सहकार्य गरी वन संरक्षण, वन विकास, उपभोक्ता समूहको सुशासनको कार्यहरु अगाडी बढाउनु पर्ने बताउनुभयो ।

उक्त वृक्षारोपण कार्यक्रममा २५० जना भन्दा बढी सरोकारवालहरु सहभागिता रहेको थियो । मोरङ जिल्लामा यस अवसरमा विभित्र सात वटा सामुदायिक वन, एक वटा साझेदारी वन तथा निजी नम्बरी जग्गामा गरी ११ हेक्टर भन्दा बढी क्षेत्रमा सात हजार ३२२ भन्दा बढी विरुवा रोपण भएको डिभिजन वन कार्यालय, मोरङका वन अधिकृत रामलखन ठाकुरले जानकारी दिनुभयो । रासस