२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओखलढुङ्गामा विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान् सिकिस्त



सांकेतिक तस्बिर
अ+ अ-

ओखलढुङ्गा । विषालु च्याउ खाँदा ओखलढुङ्गामा एक जनाको मृत्यु भएको छ । बारीमा पलाएको च्याउ खाँदा चिशङ्खुगढी गाउँपालिका–७ डाँडागाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको हो । च्याउ खाँदा कल्पनाका श्रीमान् पर्शुराम खतिवडा सिकिस्त बिरामी भएका छन् ।

यही असार ७ गते बारीमा पलाएको च्याउ पकाएर खाँदा दुवै जना बिरामी परेका थिए । जङ्गली च्याउ खाएर गम्भीर बिरामी परेका दम्पतीलाई उपचारका लागि नभएपछि काठमाडौँको टिचिङ अस्पताल पठाइएको थियो ।

अस्पतालमा उपचाररत श्रीमती शर्माको बिहीबार राति मृत्यु भएको र श्रीमान् पर्शुराम खतिवडाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।

जिल्लामा वर्षाको समयमा च्याउ जताततै उम्रिने गरेको छ । खेतबारी र जङ्गलमा उम्रिने विभिन्न प्रकारको च्याउमध्ये विषालु च्याउ छुट्याउन नसक्दा त्यस्तो च्याउ खाएकै कारण बिरामी पर्ने र मृत्युसमेत हुने गरेको छ । गत वर्ष जिल्लाको चम्पादेवीमा दुई जनाको जङ्गली च्याउ सेवन गरेकै कारण मृत्यु भएको थियो । रासस