७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले थप ७ स्थानमा औद्योगिक ग्राम बनाउने



अ+ अ-

काठमाडौँ । सरकारले देशका थप ७ स्थानमा औद्योगिक ग्राम बनाउने घोषणा गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले ६ जिल्लाका ७ स्थानमा औद्योगिक ग्राम बनाउने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार सरकारले कालीकोटको रास्कोट नगरपालिका–६, सोही जिल्लाको नरहरिनाथ गाउँपालिका–२, बाँकेको राप्तीसोनारी गाउँपालिका–४, पाल्पाको रम्भा गाउँपालिका–३, अर्घाखाँचीको शीतगंगा गाउँपालिका–१३, पर्साको जगरनाथपुर गाउँपालिका–५ र बाराको महागढीमाइ नगरपालिका–५ मा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो ।

‘एक स्थानीय तह एक औद्योगिक ग्राम’को नीतिअनुसार सरकारले यसअघि ११३ वटा स्थानमा औद्योगिक ग्राम घोषणा गरिसकेको छ । यीसहित अब देशका १२० स्थानमा औद्योगिक ग्राम बन्नेछ ।