२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ विश्वको पहिलो प्रदूषित सहर हुनु चिन्ताको विषय: केपी ओली



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ विश्वको पहिलो प्रदूषित सहर हुनु चिन्ताको विषय भएको जनाउनु भएको छ । ‘

वर्ल्ड अफ स्टाटसले विश्वका प्रदूषित सहरको सूचीको पहिलो नम्बरमा काठमार्डौ परेको कुरा सामाजिक सञ्जालबाट थाहा पाएपछि ओलीले यस्तो जनाउनु भएको हो । उहाँले यस विषयमा चिन्ताभन्दा बढी चिन्तन गर्नु आवश्यक रहेको बताउनुभयो ।

उहाँले लेख्नुभएको छ –

हिजो ट्वीटर स्क्रोल गर्दै जाँदा ‘वर्ल्ड अफ स्टाटिस्टिक्स’ भन्ने ट्वीटर ह्यान्डलबाट आएको एउटा ट्वीटमा आँखा अडिए। त्यसमा विश्वका प्रदुषित शहरको सूचीको पहिलो नम्बरमा हाम्रो काठमाडौंको नाम थियो। ५० लाख भन्दा बढी मानिस बस्ने यस शहरका लागि स्वास्थ्यको दृष्टिकोणबाट यो चिन्ताको विषय हो। तर यस विषयमा चिन्ता भन्दा बढी चिन्तन गर्नु आवश्यक छ । काठमाडौं महानगर पालिकाका प्रमुख, उपप्रमुखले पनि काठमाडौंलाई यसबाट बचाउन पक्कै केही गर्दै हुनुहुन्छ ।

यसमा प्रदेश र संघ सरकारहरुको पनि भूमिका आवश्यक छ । यसको लागि हामी सबै मिली यो वा त्यो नभनी तत्काल कदम चालौं । हामी सबैले घर भित्र वा बाहिर वातावरणलाई जीवन्त राख्न आ(आफ्नो ठाउँबाट जस्तो सकिन्छ त्यस्तो भूमिका खेलौं । प्रदुषणबाट बच्न घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाऔं।