२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली शरणार्थी प्रकरणः फरार प्रतिवादी पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाई रकम ठगी गरेको मुद्दाका फरार एक प्रतिवादीलाई आज प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार प्रहरी टोलीले आरोपी आशिष बुढाथोकीलाई मण्डिखाटारबाट पक्राउ गरेको हो ।

गिरोहले सङ्कलन गरेको रकम उनको खातामा समेत आएको देखिएको प्रहरी उपरीक्षक रिजालले बताउनुभयो । सोही आधारमा जिल्ला अदालत काठमाडौँमा विचाराधीन रहेको मुद्दामा उनी फरार सूचीमा थिए ।

यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले उक्त प्रकरणमा पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी, बालकृष्ण खाण, तत्कालीन बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा इन्द्रजित राईसहित ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

उक्त मुद्दामा जिल्ला अदालत काठमाडौँको थुनछेक आदेशले पक्राउ परेका १८ मध्ये १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो भने दुईजना लक्ष्मी महर्जन र टङ्क गुरुङलाई जनही रु पाँच र १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । उनीहरूविरुद्ध ठगी, सङ्गठित अपराध, राज्यविरुद्धको अपराध, कीर्तेलगायत पाँच मुद्दा चलाइएको छ ।