२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री किरातीले हेरे ‘नीरफूल’



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार बेलुकी चलचित्र ‘नीरफूल’ हेरे ।

उनले सिभिल मलस्थित क्युएफएक्समा चलचित्रका निर्देशक फूलमान वल, अभिनेताद्वय दयाहाङ र बुद्धि तामाङसँगै चलचित्र हेरेका हुन् ।

“भूकम्पले समाजमा पारेको प्रभाव, मान्छेको सानो सपनाले दिएको ठूलो दुःख, चलचित्रले अनगिन्ती प्रश्न उठाएको छ । मुख्यतः सहर र गाउँबीचको सामाजिक, सांस्कृतिक सवाल बेजोडसँगले प्रस्तुत भएको रहेछ”, मन्त्री किरातीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । आफूले चलचित्रमार्फत दिन खोजेको सन्देशलाई मन्त्री किरातीले महसुस गरेको निर्देशक वलले बताए ।

विसं २०७२ को भूकम्पको सेरोफेरोमा कथा भनिएको चलचित्रले विपत्तिपछि धादिङस्थित रुबी भ्यालीको एक परिवारले भोग्नुपर्ने समस्या र बिछोडको दुर्दान्त पेस गर्छ ।

राज्य प्रणालीको कमजोर पक्षसमेत उजागर गरिएको चलचित्र गणेश हिमालमुनिको रुबी भ्याली, रसुवा र काठमाडौँमा छायाङ्कन गरिएको निर्देशक वलले जानकारी दिए । चलचित्र गत जेठ २६ गतेदेखि प्रदर्शनरत छ ।