५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुकुचामाथिको जग्गा अध्ययन हुँदै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । उच्च अदालत पाटनले दरबारमार्गस्थित जय नेपाल सिनेमाघरको कम्पाउण्ड मुनी भेटिएको टुकुचा ढल नभइ खोला नै भएको ठहरसहित फैसला गरेपछि सो खोलालाई खुलारुपमा नै बगाउन काठमाडौँ महानगरपालिकाले सुरु गरेको कानूनी प्रक्रिया अपेक्षा रुपमा अगाडि बढ्न सकेको छैन ।

अदालतको फैसलापछि काठमाडौँ महानगरपालिकाले उक्त खोलामाथि पर्ने जग्गाको लगत कट्टाको मागसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरे पनि मन्त्रालयले अहिलेसम्म कुनै जवाफ दिएको छैन । महानरपालिकाले गत वैशाख २५ गते मन्त्रालयमा पत्राचार गरेको थियो ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले टुकुचा खोलामाथि पर्ने जग्गाको लगत कट्टाको मागसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेको डेढ महिना पुग्न लाग्दा पनि मन्त्रालयले अहिलेसम्म कुनै जवाफ नफर्काएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘महानगरपालिका अहिलेसम्म मन्त्रालयको जवाफ र प्रतिक्रियाको प्रतीक्षामा छ । अबको केही दिनसम्म प्रक्रिया वा जवाफ नआए महानगरपालिकाको पुनः पत्राचार गर्ने वा थप प्रक्रिया अगाडि बढाउने छ ।’

महानगरपालिकाले मालपोत ऐन, २०३४ को दफा २४ को प्रयोजनार्थ महानगर प्रमुख स्तरीय निर्णयले मन्त्रालयलाई पत्राचार गरेको प्रवक्ता मानन्धरले स्पष्ट पार्नुभयो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव तथा प्रवक्ता प्रकाश जोशीले टुकुचार खोलामाथि पर्ने जग्गाको लगत कट्टाको मागसहित काठमाडौँ महानगरपालिकाबाट पत्र प्राप्त भएपछि सोको आवश्यक कारबाही तथा राय मागका लागि मन्त्रालयका तर्फबाट नापी विभाग र भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई पत्रारचार भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार सो विभागबाट राय सुझाव आउने क्रममा छ ।

२०६५ साल मंसिर १ गतेको मन्त्रिपरिषदको बैठकले समेत खोला, खोल्सी र राजकुलो छोप्न बन्देज लगाएको प्रवक्ता मानन्धरले उल्लेख गर्नुभयो । त्यसैगरी मन्त्रिपरिषदको सो बैठकले खोलाको बहाव क्षेत्र र सोको दायाँबायाँ चार मिटरका दरले जग्गामाथि कुनै भौतिक संरचना निर्माण गर्न नपाइने स्पष्ट मापदण्ड तोक्ने निर्णय गरेको थियो ।

काठमाडौँ महानगरपालिकाले गत भदौ ३० गते दरबारमार्गस्थित जय नेपाल सिनेमा घरको कम्पाउण्ड खोतल्दा टुकुचार खोला भेटिएको थियो । प्राकृतिक टुकुचालाई छोपे पनि टुकुचारको पानी बग्ने सानो नाला निर्माण गरिएको अवस्थामा खोला भेटिएको थियो । नारायणहिटी दरबार हुँदै बग्ने गरेको टुकुचालाई मिचेर सिनेमाघरले जग्गा भोगचलन गर्दै आएको छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।