२६ श्रावण २०८३, मंगलवार
,
Latest
ज्येष्ठ नागरिकमाथि दुर्व्यवहारको आरोप, बेलफीका प्रमुख प्रशासकीय अधिकृतलाई ३ दिनभित्र उपस्थित भएर स्पष्टीकरण पेश गर्न… ५० जना माउन्टेन गाइडलाई कन्टेन्ट क्रिएटर तालिम प्रदान आर्थिक प्रलोभनमा पारी बालिकाको डिम्ब निकालिएको घटनाप्रति संसदको ध्यानाकर्षण, दोषीलाई कारबाही गर्न माग प्रधानमन्त्रीको ‘एक्लोपन’ माथि एमाले सांसद थेबेको प्रश्नः ‘कुन आधारमा साथ दिने ?’ खुश्बुको प्रश्नः ‘तथ्याङ्कमा मल छ, किसानको खेतमा किन छैन ?’ भारतमा रहेका नेपालीको सुरक्षा र अधिकार सुनिश्चित गर्न सांसद रमेश मल्लको माग मन्त्रिपरिषद् बैठक सुरु अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी चितवनकाे खोला किनारमा एक व्यक्ति मृत फेला लैङ्गिक हिंसा र जातीय विभेदविरुद्ध सरकारी पहल देशव्यापी बनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामनपाले तोक्यो ३९ विद्यालयलाई रु एक लाखसम्म जरिवाना



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरले छात्रवृत्ति विवरण नबुझाउने ३९ विद्यालयलाई रु १ लाखसम्म जरिवाना गरेको छ । काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले महानगरभित्र सञ्चालित ५०४ निजी विद्यालयमध्ये ४६५ ले मात्रै छात्रवृत्ति विवरण बुझाए पनि ३९ वटाले नुबझाएको भन्दै रु एक लाखसम्म जरिवाना ताेकेकाे जानकारी दिनुभयो ।

महानगरको इतिहासमा पहिलो पटक विद्यालयहरुले छात्रवृत्तिको विवरण बुझाएको पहिलो पटक भएको उहाँले बताउनुभयो । महानगरले छात्रवृत्ति अनिवार्यरुपमा उपलब्ध गराउन र त्यसको विवरण महानगरमा बुझाउन निर्देशन दिएसँगै १३ हजारभन्दा बढी विद्यार्थीले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेका छन् । प्राप्त विवरण निरीक्षण गरेपछि सूची प्रकाशित गर्ने समेत प्रमुख शाहले बताउनुभयो ।

साथै हालसम्म विवरण नबुझाउने बाँकी विद्यालयलाई रु एक लाख जरिवाना तिराएर थप एक पटक विवरण बुझाउन मौका महानगरले ती विद्यालयलाई दिएको छ । त्यसपछि पनि विवरण नबुझाए काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने महानगरले जनाएको छ ।




भर्खरै