२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर ‘आदिपुरुष’ को प्रदर्शन रोक्ने नेपाली वितरकको निर्णय



अ+ अ-

काठमाडौं । दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’को प्रदर्शन काठमाडौं क्षेत्रमा मात्र नभई देशव्यापी रूपमा रोकिने भएको छ ।

निर्देशक मनोज राठीले देशव्यापी रुपमै हलबाट ‘आदिपुरुष’को प्रदर्शन रोक्ने निर्णय भएको जानकारी दिए । उनले भने,‘देशव्यापी रूपमा फिल्मको प्रदर्शन रोकिने निर्णय गरिसक्यौ’ ।

उनले सबै नगरप्रमुखको फेसबुकको स्टाटसको भरमा फिल्म रोक्नु भन्दा एकैचोटी सबैतिरबाट चलचित्र उतारौँ भन्ने मनसायले चलचित्र प्रदर्शन रोक्ने निर्णय भएको बताए । उनले भने, ‘हल व्यवसायीहरूले आधिकारिक पत्र बिनै नगरप्रमुखको फेसबुकको स्टाटसको भरमा फिल्म रोक्न थाल्नुभयो। यसरी पालैपालो निषेध हुनु भन्दा एकैचोटी सबैतिरबाट चलचित्र उतारौँ भन्ने हाम्रो मनसाय हो’।

चलचित्रको ‘जानकी भारतीय छोरी हुन’ भन्ने विवादित संवाद हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले ३ दिनको अल्टििमेटम दिएपनि नहटाएपछि उनले महानगरभित्र कुनै पनि हिन्दी चलचित्र नचलाउन निर्देशन दिएका थिए। बालेन को उक्त निर्देशनपछि आज हल व्यवसायीहरू काठमाडौं महानगरका १७ वटै हल बन्द गराएका छन् ।

बालेनसँगै धरानका मेयर हर्क सामपाङ र पोखराका मेयरले पनि आफ्नो क्षेत्रमा ‘आदिपुरुष’ चल्न नदिने घोषणा गरेका थिए ।