२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बृहत् समाजवादी मोर्चा निर्माणमा नेसपा सामेल हुन्छ– डा बाबुराम



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईले बृहत् समझदारी मोर्चामा आफ्नो पार्टी सामेल हुने बताउनुभएको छ।

नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा बन्न लागेको समाजवादी मोर्चामा डा भट्टराई नेतृत्वको समाजवादी जनता समाजवादी पार्टी (जसपा) का कारण आउन आनाकानी गरिरहेको टिप्पणी भइरहेका बेला उहाँले मोर्चामा सामेल हुने स्पष्ट गर्नुभएको हो ।

मोर्चामा माओवादी केन्द्रसँगै जसपा, नेकपा (एकीकृत समाजवादी) पार्टी आबद्ध हुने करिब निश्चित जस्तै छ ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै डा भट्टराईले भन्नुभएको छ, “प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हालैको भारत भ्रमण, संघीय बजेट, शान्ति प्रक्रियाका बाँकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चालगायतका विविध विषयमा विहङ्गम कुराकानी भएको छ । देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धीहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि बृहत् समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधिलगायतका विषयमा सम्भव भएसम्म सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी भएको छ। बाहिर चलेका हल्लामा नबग्न सबैसँग आग्रह छ।”