२७ मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज यस्तो छ विदेशी विनिमयदरको भाउ, हेर्नुहोस् कुन देशको कति ?



अ+ अ-

काठमाडौं । शुक्रबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ९६ पैसा तोकिएको छ ।  

यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६५ रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६६ रुपैयाँ ०३ पैसा तोकिएको छ। अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ रहेको छ भने बिक्रीदर ९० रुपैयाँ ४७ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङएकका भाउ बढेको छ  भने अस्ट्रेलियन डलरको भाउ घटेको छ ।

एक युरोको खरिददर १ सय ४२ रुपैयाँ १ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ ७४ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २७ पैसा तोकिएको छ ।  एक युरो र मलेसिया रिंगिटकोको भाउ केही पैसाले आज घटेको छ ।

त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ०३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १९ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ११ पैसा तोकिएको छ । आज एक साउदी र कतारी रियालको भाउ केही पैसाले घटेको छ । 

कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५१ पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६६ पैसा तोकिएको छ । कोरियन वन र जापानी यनको भाउ मात्र केही पैसाले घटेको हो । 

त्यस्तै एक बहराइन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ६६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ २५ पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ८६ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८८ रुपैयाँ ८८ पैसा तोकिएको छ। बिहीबारको तुलनामा आज एक बहराइन र कुवेती दिनारको भाउ बढेको छ ।