३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्यानिटरी प्याडको कच्चा पदार्थ र तयारी प्याडमा फरक कर



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगको संरक्षणका लागि कच्चा पदार्थ र तयारी प्याडको महसुलमा एक तहको फरक करको व्यवस्था गरिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको उत्तर दिँदै अर्थमन्त्री डा महतले भन्नुभयो, “नेपालमा स्यानिटरी प्याड उत्पादन गर्ने उद्देश्यले स्थापना भएका उद्योगले प्याड निकासी समेत गर्नसक्ने क्षमताका छन् ।”

उहाँले यस्ता प्याड उत्पादन गर्ने कच्चा पदार्थमा लाग्ने भन्सार दर एक प्रतिशत र तयारी वस्तुमा लाग्ने भन्सार दर समान राख्दा आत्मनिर्भर अवस्थामा रहेका उद्योगलाई संरक्षण गर्न नसकिने भएकाले तयारी प्याड आयातमा महसुल दर बढाइएको बताउनुभयो ।रासस