२७ मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक्षित घरानामा करका दर केन्द्रित छैनन्: अर्थमन्त्री डा महत



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले करका दरहरु कुनै घरानाको स्वार्थ पूरा गर्न लक्षित नरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उहाँले समग्रमा करका दरहरुको प्रभाव राजस्व वृद्धि र अर्थतन्त्र चलायमान बनाउन केन्द्रित रहेको बताउनुभयो ।

नेपालमा भ्याट संकुचन हुँदै गएको र भ्याट छुटको दायरा बढ्दै गइरहेकोले यसलाई सच्याउन खोजिएको उहाँको भनाइ थियो ।

“भ्याटलाई हरेक वर्ष हटाउँदै गयौँ, यसले राजस्वको दायरा खुम्चिएको थियो, वैज्ञानिक कर प्रणालीलाई प्रभावित भयो, पुन: प्रवेश गराउने प्रयास गरेका छौँ”, उहाँले भन्नुभयो ।

अर्थमन्त्री डा महतले आन्तरिक उत्पादनकर्तालाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाइएको जानकारी दिनुभयो ।

एकातर्फ आलु/तरकारीमा यति अर्बको आयात भयो भन्ने, अर्कोतर्फ आन्तरिक उत्पादनलाई प्राथमिकता दिँदा आलोचना गरिएको उहाँले गुनासो गर्नुभयो । उत्पादनलाई प्रोत्साहन गर्नु एक यन्त्र कर भएको भन्दै उहाँले यसले नेपालका उद्योग व्यवसाय विस्तार गर्न मद्दत गर्ने भनाइ राख्नुभयो ।