९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा

प्रचण्डपथ देशद्रोही र अपराधी पथ हो, एमालेले तयारीका साथ दनक दिनुपर्ने बेला आएको छ– ओली

प्रचण्डपथ देशद्रोही र अपराधी पथ हो, एमालेले तयारीका साथ दनक दिनुपर्ने बेला आएको छ– ओली
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पहिचानवादीहरुलाई प्रोत्साहीत गरी एमालेमाथि आक्रमण गराइरहेको आरोप लगाउनुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी एमालेमा समाहित भएका मुकुन्द न्यौपानेसहितका नेता, कार्यकर्तालाई स्वागत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पहिचानवादीका नाममा एमालेमाथि देशभर नै हमला गरिरहेको बताउनु भयो । उहाँले कोशी प्रदेशमा सत्ता संरक्षित अपराधिक घटनाहरु भइरहेको दाबी गर्नुभयो । उहाँले पहिचानवादीका नाममा सत्तापक्ष नै मुठेड गराउन लागिपरेको भन्दै अब नेकपा एमाले प्रतिवादमा उत्रिने बताउनु भयो । उहाँले एमालेले पहिचानका नाममा भइरहेका अपराधिक क्रियाकलापको सामना गर्न नडराउने बताउनु भयो ।

अध्यक्ष ओलीले नेपाललाई जातिजातिका नाममा दंगाफसाद गराउने षड्यन्त्रबाट प्रधानमन्त्री पुष्पकमल दाहालले देशभर पहिचानको विष फैल्याउने कोशिस गरेपनि सफल नबनेको बताउनु भयो । पहिचानवादको संरक्षक पुष्पकमलवादीहरु भएको भन्दै प्रचण्डपथ देशद्रोही र अपराधी पथ भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले पहिचानवादीका नाममा विभिन्न ठाउँमा हमला भइरहेको छ । सरकार केही गर्दैन । प्रहरीलाई टाउको फुटेपनि केही नगर्नु भनेको छ । पहिचानका नाममा एउटै मानिसहरु बाइक लिएर पुग्ने गरेका छन् हरेक ठाउँमा । कार्यक्रम गर्न नपाउने, केपी ओली निषेध, एमाले निषेध के के निषेध, अहिले प्रदेश नम्बर १ मा सत्ता संरक्षित, अपराधिक घटनाहरु भइरहेका छन्, आफैँले आफ्नै मान्छे मारे शुरुमै । हामीमाथि हमला भयो, कहिले बन्द भनेके छ, कहिले तोडफोड, कहिले अनेक छ । आजमात्रै केन्द्रिय सदस्य तथा प्रदेश सभा सदस्य राम रानालाई मोबिल छर्किएर आगो लगाउन खोजियो, भनेपछि कहाँसम्मको हत्या प्रयास भइरहेको छ पहिचानका नाममा ।

यसमा हाम्रो पार्टी किञ्चित, डराउँदैन, झुक्दैन नो कम्परमाइज । नेपाललाई जातिजातिका नाममा दंगाफसाद गराउने, यो किराँत प्रदेश राख्न खोजेको किन रहेछ भने हामीले देख्दैछौँ नि । नराख्दा यस्तो छ, राख्ने भए के हुन्थ्यो । गैर किराँत त बस्न पनि नपाउने अवस्था बन्ने रहेछ नि त । प्रचण्डले सकेन यो विषको आगो फैल्याउन, प्रचण्डले खोजेको हो, देशभर विषको आगो फैल्याउन, पहिचानको राजनीति ल्याउन, जात जातका राज्य, यो कोशिष गरेको हो । भड्काउन, बिथोल्न खोजेको हो ।

प्रचण्डहरुको यसमा प्रत्यक्ष संलग्नता देखियो, नाम राख्ने, अलि पछि गल्ती भयो भन्ने पुन:विचार गर्नुपर्छ भन्ने र त्यता मान्छे भड्काउने । प्रचण्ड भनेको एक छिनमा पहिचानवादी, एक छिनमा राष्ट्रियतावादी हो । एकछिनमा फाटोवादी, एकछिनमा तमासा । अब नेकपा एमालेले तयारीका साथ दनक दिनुपर्ने बेला आएको छ । सरकारले यो गराइरहेको छ भने एमाले चुप लागेर बस्न सक्दैन । हाम्रो कार्यकर्ताको रक्षा आफैँले गर्नुपर्छ भने, गुण्डाहरु न नियन्त्रण गर्छ, न समात्छ, प्रोत्साहीत गरेको छ प्रचण्ड सरकारले । अब जवाफ दिनुपर्ने बेला आइसकेको छ । पहिचानवादको संरक्षक यो पुष्पकमलवादीहरु प्रचण्डपथ हो । प्रचण्डपथ अझै गएको छैन । यो देशद्रोही र अपराधी पथ हो ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले कोशी प्रदेशको नाम आफैँ सहमतिका साथ राखेर देशमा आन्दोलन भड्काउन फेरि पहिचानवादीको पक्ष लिइरहेको बताउनु भयो ।