७ श्रावण २०८३, बिहीबार
,
Latest
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखले प्रतिनिधि सभा नियमावलीको उल्लंघन गरेर बैठक चलाएको सांसद दाहालको आरोप



अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको उल्लंघन गरेको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद दाहालले केही दिन अघिको बैठकमा प्रधानमन्त्रीलाई रोष्टममा उभ्याएर अन्य सदस्यहरुलाई बोल्न समय दिएको उल्लेख गर्दै सभामुखले प्रतिनिधि सभा नियमावलीको उल्लंघन गरेको बताउनुभएको हो । उहाँले साभामुखले प्रधानमन्त्रीले बोलिसकेपछि प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई बोलाएर फेरि टिकाटिप्पणी गर्ने अधिकार दिएको भन्दै आलोचना गर्नुभयो । उहाँले प्रतिनिधि सभा नियमावलीको मातहतमा रहेर बैठक सञ्चालन गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘मैले भन्नैपर्छ, अस्ति रोष्टमममा उभिएर प्रधानमन्त्रीले जवाफ दिँदैजाँदा यहाँहरुको माग बमोजिम, अघिल्लो दिन यहाँहरुले अवरोध गर्नुभयो । अघिल्लो दिन सदन अवरोध गर्नुभयो । यहाँहरुको माग थियो प्रधानमन्त्री सदनमा आउनुपर्छ । र उहाँले जवाफ दिनुपर्छ । तपाइहरुले प्रश्न गर्नुभयो । प्रधानमन्त्री जवाफ दिन रोष्टममा उभिँदाखेरी उहाँले जवाफ दिन पाउनुभएन । तपाईहरुले प्रधानन्त्रीको हुर्मत लिनुभयो । हेप्नुभयो । सदन चलाउँदा सदनमा हामी स्वतन्त्र छैनौँ । हामी हरेक सांसदहरु स्वतन्त्र छैनौँ । सभामुख पनि स्वतन्त्र हुनुहुन्न ।

संविधानको मातहतमा र प्रतिनिधि सभा नियमावलीको मातहतमा रहेर मात्र हामीले आफ्ना अभिव्यक्ति राख्न पाइन्छ । हामी संविधानको मातहतमा रहेर, प्रतिनिधि सभा नियमावलीको मातहतमा रहेर आफ्ना अभिव्यक्ति राख्नुपर्नेमा सभामुख आफैँले पनि प्रतिनिधि सभा नियमावलीको उल्लंघन गर्नुभएको छ । रोष्टममा तपाईले प्रधानमन्त्रीलाई रुलिङ गर्ने कि, माननीय सांसदहरुलाई रुलिङ गर्ने ? प्रधानमन्त्रीलाई तपाई चुप लाग्नुस् उहाँहरुले बोल्नुहुन्छ भनेर ।

हाम्रो प्रतिनिधि सभा नियमावलीले प्रष्ट लेखेको छ, एक पटक एउटा विषयमा प्रश्न उठाइसकेपछि बारम्बार उठाउन पाइँदैन । रघुजी पन्तले चारचोटी बोल्नुभयो । योगेश भट्टराईले बोल्नुभयो । त्यसकारणले गर्दा कमसेकम प्रतिनिधि सभा नियमावलीको मातहतमै रहेर सदन सञ्चालन गर्न र त्यसरी एकपटक स्पष्टिकरण दिइसकेपछि थप फेरि प्रश्न गर्न पाइँदैन । प्रधानमन्त्रीले बोलिसकेपछि प्रमुख प्रतिपक्ष दलका आदरणीय नेता केपी शर्मा ओलीलाई बोलाएर फेरि टिकाटिप्पणी गर्ने अधिकार सभामुखले दिनुभएको छ । त्यसकारणले प्रतिनिधि सभा नियमावलीको मातहतमा रहेर सदन सञ्चालन गर्न निवेदन गर्दछु ।’

सांसद दाहाललले देशमा एकाएक वर्तमान सरकार आएपछि मात्रै बेथिति नआएको बताउनु भयो । उहाँले बेथिति र समस्याहरुको चाङमा विगतमा सरकारको नेतृत्व गरेको प्रतिपक्ष दल एमालेको पनि सहभागिता रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘तपाईहरु योभन्दा पहिला फुत्त अरु कुनै ठाउँमा हुनुहुन्थ्यो, अहिले आउने बित्तिकै बेथितिको चाङ देख्नुभयो ? तपाईहरु पनि सरकारमा सहभागि हुनुहुन्छ, लामो समयदेखि सत्ताको नेतृत्व गर्नुभएको छ । बेथितिको चाङमा, यो समस्याको चाङमा तपाईहरुको पनि सहभागिता छ । तपाईहरुले पनि स्वामित्व लिनुपर्छ । सबै मिलेर यि सबै बेथिति, अराजकता, अनुशासनहिनता सबैको अन्त्य गर्नुपर्छ । यसको निम्ति कोही राम्रा कोही नराम्रा भनेर पन्छिन पाइँदैन ।’

उहाँले देशमा भएका समस्याहरुको सबै मिलेर स्वामित्व लिनुपर्ने र मिलेर नै बेथिति, अराजकता र अनुशासनहिनताको अन्त्य गर्नुपर्ने बताउनु भयो ।