• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   क्यान को सरकारसँग माग: सूचना प्रविधि उद्योगग्रामको लागि आवश्यक बजेटको व्यवस्था गरौँ ★   मेयर बालेन्द्रलक्षित ओलीको टिप्पणी: सुकुम्वासीलाई तर्साउने काम नगरौं ★   विश्वकपका लागि छानिएको टोली अहिलेको ‘बेस्ट १५’: कप्तान रोहित ★   प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन ★   प्रिमियर शोपछि कलाकारहरु भन्छन्: ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै बगैँचा’ ★   देश भर चार सय ३६ स्थानमा डढेलो ★   मुगुका यार्सा पाटन जेठ १५ बाट प्रवेश खुला गरिने ★   रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री ★   अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे ★   वेस्ट इन्डिजलाई सिरिज, नेपाल २८ रनले पराजित

सभामुखले प्रतिनिधि सभा नियमावलीको उल्लंघन गरेर बैठक चलाएको सांसद दाहालको आरोप



काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको उल्लंघन गरेको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद दाहालले केही दिन अघिको बैठकमा प्रधानमन्त्रीलाई रोष्टममा उभ्याएर अन्य सदस्यहरुलाई बोल्न समय दिएको उल्लेख गर्दै सभामुखले प्रतिनिधि सभा नियमावलीको उल्लंघन गरेको बताउनुभएको हो । उहाँले साभामुखले प्रधानमन्त्रीले बोलिसकेपछि प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई बोलाएर फेरि टिकाटिप्पणी गर्ने अधिकार दिएको भन्दै आलोचना गर्नुभयो । उहाँले प्रतिनिधि सभा नियमावलीको मातहतमा रहेर बैठक सञ्चालन गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘मैले भन्नैपर्छ, अस्ति रोष्टमममा उभिएर प्रधानमन्त्रीले जवाफ दिँदैजाँदा यहाँहरुको माग बमोजिम, अघिल्लो दिन यहाँहरुले अवरोध गर्नुभयो । अघिल्लो दिन सदन अवरोध गर्नुभयो । यहाँहरुको माग थियो प्रधानमन्त्री सदनमा आउनुपर्छ । र उहाँले जवाफ दिनुपर्छ । तपाइहरुले प्रश्न गर्नुभयो । प्रधानमन्त्री जवाफ दिन रोष्टममा उभिँदाखेरी उहाँले जवाफ दिन पाउनुभएन । तपाईहरुले प्रधानन्त्रीको हुर्मत लिनुभयो । हेप्नुभयो । सदन चलाउँदा सदनमा हामी स्वतन्त्र छैनौँ । हामी हरेक सांसदहरु स्वतन्त्र छैनौँ । सभामुख पनि स्वतन्त्र हुनुहुन्न ।

संविधानको मातहतमा र प्रतिनिधि सभा नियमावलीको मातहतमा रहेर मात्र हामीले आफ्ना अभिव्यक्ति राख्न पाइन्छ । हामी संविधानको मातहतमा रहेर, प्रतिनिधि सभा नियमावलीको मातहतमा रहेर आफ्ना अभिव्यक्ति राख्नुपर्नेमा सभामुख आफैँले पनि प्रतिनिधि सभा नियमावलीको उल्लंघन गर्नुभएको छ । रोष्टममा तपाईले प्रधानमन्त्रीलाई रुलिङ गर्ने कि, माननीय सांसदहरुलाई रुलिङ गर्ने ? प्रधानमन्त्रीलाई तपाई चुप लाग्नुस् उहाँहरुले बोल्नुहुन्छ भनेर ।

हाम्रो प्रतिनिधि सभा नियमावलीले प्रष्ट लेखेको छ, एक पटक एउटा विषयमा प्रश्न उठाइसकेपछि बारम्बार उठाउन पाइँदैन । रघुजी पन्तले चारचोटी बोल्नुभयो । योगेश भट्टराईले बोल्नुभयो । त्यसकारणले गर्दा कमसेकम प्रतिनिधि सभा नियमावलीको मातहतमै रहेर सदन सञ्चालन गर्न र त्यसरी एकपटक स्पष्टिकरण दिइसकेपछि थप फेरि प्रश्न गर्न पाइँदैन । प्रधानमन्त्रीले बोलिसकेपछि प्रमुख प्रतिपक्ष दलका आदरणीय नेता केपी शर्मा ओलीलाई बोलाएर फेरि टिकाटिप्पणी गर्ने अधिकार सभामुखले दिनुभएको छ । त्यसकारणले प्रतिनिधि सभा नियमावलीको मातहतमा रहेर सदन सञ्चालन गर्न निवेदन गर्दछु ।’

सांसद दाहाललले देशमा एकाएक वर्तमान सरकार आएपछि मात्रै बेथिति नआएको बताउनु भयो । उहाँले बेथिति र समस्याहरुको चाङमा विगतमा सरकारको नेतृत्व गरेको प्रतिपक्ष दल एमालेको पनि सहभागिता रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘तपाईहरु योभन्दा पहिला फुत्त अरु कुनै ठाउँमा हुनुहुन्थ्यो, अहिले आउने बित्तिकै बेथितिको चाङ देख्नुभयो ? तपाईहरु पनि सरकारमा सहभागि हुनुहुन्छ, लामो समयदेखि सत्ताको नेतृत्व गर्नुभएको छ । बेथितिको चाङमा, यो समस्याको चाङमा तपाईहरुको पनि सहभागिता छ । तपाईहरुले पनि स्वामित्व लिनुपर्छ । सबै मिलेर यि सबै बेथिति, अराजकता, अनुशासनहिनता सबैको अन्त्य गर्नुपर्छ । यसको निम्ति कोही राम्रा कोही नराम्रा भनेर पन्छिन पाइँदैन ।’

उहाँले देशमा भएका समस्याहरुको सबै मिलेर स्वामित्व लिनुपर्ने र मिलेर नै बेथिति, अराजकता र अनुशासनहिनताको अन्त्य गर्नुपर्ने बताउनु भयो ।