• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo

पहिचानवादीसँग वार्ता गर्न कोशी प्रदेशमा समिति गठन



विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशको नामकरणमा विरोधमा आन्दोलन गर्दै आएका पहिचानवादीहरूसँग वार्ता गर्न तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।

प्रदेश सरकारले बुधबार पहिचानवादी समूहसँग वार्ता गर्नका लागि खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तीलकुमार मेन्याङ्बोको नेतृत्वमा तीन सदस्य वार्ता टोली गठन गरेको हो ।

समितिको सदस्यमा सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्तासमेत रहेका कृषिमन्त्री भक्तिप्रसाद सिटौला रहनुभएको छ ।

गत फागुन १७ गतेको प्रदेशसभाबाट प्रदेशको नाम कोशी पारित भएदेखि पहिचान पक्षधरले पुन: नामकरण संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका छन् । पछिल्लो समय उनीहरूको आन्दोलन आक्रामक बन्दै गएसँगै सरकार पक्षले वार्ताका लागि आह्वान गरेको थियो ।