२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभामा बजेटमाथिको छलफल जारी रहने, राष्ट्रियसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने



अ+ अ-

काठमाडौँ । आज प्रतिनिधि र राष्ट्रियसभाको बैठक बस्ने भएको छ ।

प्रतिनिधिसभाको बैठक विहान ११ बजे बस्नेछ । प्रतिनिधिसभामा सोमबारदेखि सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल आज पनि जारी रहनेछ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले यही जेठ १५ मा संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको वार्षिक राजस्व र व्ययको अनुमान प्रस्तुत गर्नुभएको थियो । बजेटमाथिको सामान्य छलफलपछि  विस्तृत मन्त्रालयगत छलफल भने पछि हुनेछ ।

राष्ट्रियसभाको आजको बैठकमा भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समसामयिक विषयमा मन्तव्य राख्नुहुने सम्भावित कार्यसूची छ । विहान ११ः११ बजे सुरु हुने भनिएको बैठकमा सुरुमा प्रधानमन्त्री दाहालले आफ्ना  भनाइ राख्नुहुनेछ । राष्ट्रियसभाको सोमबारको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम भए पनि विशेष कारणले प्रधानमन्त्री खप्तड जानुपर्नेभएछि बैठक सूचना टाँस गरी आज विहानका लागि सारिएको थियो ।

आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिकको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम छ । अर्थमन्त्रीले उक्त प्रस्ताव पेस गरेपछि उक्त प्रस्तावमाथि सामानय छलफल सुरु हुने सम्भावित कार्यसूची छ ।




भर्खरै