३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओम नर्सिङ होम र हेल्पिङ हेम अस्पतालले लक्षित वर्गलाई निःशुल्क उपचार गरेको पाइएनः कामपा



अ+ अ-

काठमाडौँ । काठमाडौँका ओम नर्सिङ होम र हेल्पिङ हेम अस्पतालले स्वास्थ्य सम्बन्धी ऐन र मापदण्डअनुसार १० प्रतिशत लक्षित समुदायले पाउनुपर्ने सेवा नदिएको पाइएको छ ।

मंगलवार काठमाडौं महानगरपालिकाको टोलीले महानगरपालिका भित्रका दुई अस्पतालमा गरेको निरीक्षणका क्रममा अस्पतालले स्वास्थ्यसम्बन्धी ऐन अनुसार सेवा नदिएको पाइएको हो । निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले ओम नर्सिङ होम र हेल्पिङ हेम अस्पतालले स्वास्थ्य सम्बन्धी मापदण्डअनुसार काम नभएको पाइएको र निरीक्षणपछि मापदण्डअनुसार सेवा प्रवाह गर्न निर्देशन दिइएको बताउनु भयो ।

निर्देशनात्मक पत्र भने महानगरपालिकाबाट बुधवार पठाइने बताउनु भयो । उहाँले अस्पतालले महानगरको निर्देशनपछि अब स्वास्थ्यसम्बन्धी मापदण्डअनुसार लक्षित समुदायलाई १० प्रतिशत छुट दिने आशा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हामीले काठमाडौं महानगरपालिकाको तर्फबाट ओम नर्सिङ होम र हेल्पिङ हेम दुई अस्पतालमा अनुगमन गरको छौँ । अनुगमनको सिलसिलामा १० प्रतिशत लक्षित वर्गले पाउनुपर्ने निःशुल्क स्वास्थ्य उपचार र निःशुल्क शैय्या छुट्याएको हामीले पाएनौँ । ओम अस्पतालमा ट्याग झुन्ड्याइएको जस्तो पाइयो भने हेल्पिङ हेम सम्पूर्ण विवरण पाएनौँ । यसमा स्वास्थ्य सम्बन्धी मापदण्डअनुसार काम नभएकाले निर्देशन दिएका छौँ । निर्देशनात्मक पत्र हामी भोलि पठाउँछौँ । सुधार नगरेको खण्डमा प्रचलित कानूनअनुसार कारबाही हुन्छ ।’

महानगरपालिकाका मेयर बालेन्द्र साहले यसअघि १० प्रतिशत लक्षित समुदायलाई स्वास्थ्यसम्बन्धी मापदण्डअनुसार उपचार प्रदान गर्नका लागि कार्यान्वयनको माग गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । महानगरपालिकाले निरीक्षणपछि पनि अस्पतालले अटेर गरी तोकिएबमोजिम सेवाप्रवाह नगरे कानूनी कारबाही गर्ने चेतावनी दिएको छ ।