९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

उपलब्धीजनक सम्झौता नहुने भएकै कारण भारत भ्रमण गइनँ:मन्त्री किराँती

उपलब्धीजनक सम्झौता नहुने भएकै कारण भारत भ्रमण गइनँ:मन्त्री किराँती
अ अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले दुई देशबीचमा उपलब्धीजनक सम्झौता नहुने भएकै कारण आफू भारत भ्रमणमा नगएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा खिजिदेम्बा हुँदै नयाँ पर्यटन पथमार्ग शुमारम्भ र खिजिदेम्बामा गल्फ खेलको सम्भावना उजागर गर्न हेतु आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले हेलिकप्टर पनि नचढ्ने र दुई देशबीचको सम्झौता उपलब्धिमुलक नहुने भए विदेश भ्रमण नजाने प्रण गरेको बताउनु भयो । उहाँले ओखलढुंथगाको खिजिदेम्बामा गल्फले पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हेलिकप्टर को चढिएन ? भयो के ? यतिसम्म भयो की ठूला व्यापारी धनाढ्य घरानाकोले त उडाउने नै भयो । कति हो कति हुँदो रहेछ, पर्यटन मन्त्रालय उड्नुपर्ने । ७० वटा जति देशबाट त निमन्त्रणा नै आयो । भ्रमण पनि जान्न भन्दिएँ । मैले हेलिकप्टर पनि नचढ्ने दुई देशबीचको सम्झौता हुँदैन भने विदेश पनि नजाने । त्यसैले यसपालि इण्डिया पनि नगएको । खासमा पर्यटनमन्त्री त सवारीमन्त्री हो नि, जानुपर्दथ्यो नि त तर गएर केही हुँदैन, आफ्नै भुमिका केही हुँदैन भने किन जाने ? ठूलो मान्छे भयो नभन्नुहोला, त्यहाँका मानिसले ।’

कार्यक्रममा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले मन्त्रीको जुहारीले कुनैपनि जिल्लाको विकास कम हुनु नहुने बताउनु भयो । उहाँले ओखलढुंगाको विकासका लागि आफूले अर्थमन्त्री र पर्यटनमन्त्रीसँग बारम्बार अन्ुरोध गरेपनि एकले अर्कोलाई दोष दिएर पन्छिएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘ओखलढुंगामा बजेट आएन भन्ने चर्चा भएको पनि सुनेँ, मन्त्रीज्यु यहीँ हुनुहुन्छ, के बजेट हाल्न आफ्नो जिल्लाको मन्त्री मात्रै हुनुपर्ने ? कतै कतै एयरपोर्टको खुब चर्चा चल्यो, रुकुमको एयरपोर्टको चर्चा भयो, रुम्जटार र खिजिदम्बाको एयरपोर्टको चर्चा चलेन । पर्यटनमन्त्रीले अर्थमन्त्रीले दिएन भन्ने, अर्थमन्त्रीले पयर्टनमन्त्रीले प्रश्ताव गरेन भन्ने ? मन्त्रीको जुहारीले कुनैपनि विकास कम हुन हुँदैन ।’

त्यस्तै पूर्वसांसद एवं नेकपा एमालेका नेता यज्ञराज सुनुवारले ओखलढुंगाको चण्डेश्वरीमा निर्माणाधीन दोमोस एयरपोर्टलाई स्तरोन्नती गरी जहाज चल्नेगरी बजेट छुट्याइदिन पर्यटनमन्त्री किराँतीसँग आग्रह गर्नुभयो । हउाँले देश र जिल्लाको विकासका लागि एक भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘म आजैबाट अनुरोध गर्दछु, तपाईको राजनीतिक जीवन हुर्किएको ओखलढुंगामा एउटै कुरा गरिदिनुहोस्, अरु स्थानीय बजेटले गरौँला, चण्डेश्वरीमा निर्माणाधीन दोमोस एयरपोर्टलाई स्तरोन्नती गरी जहाज चल्नेगरी बजेट छुट्याइदिनुहास् । देश र जिल्लाको विकासका लागि एक भएर काम गरौँ ।’

कार्यक्रममा खिजिदेम्बो थोलेदेम्बा क्षेत्र समेटिने निम्न पर्यटकीय पथ मार्ग शुभारम्भ भएको हो । पोकली झरना १३० मिटर हूँदै चिलिमडाँडा, लाम्जेबौद्ध, चुलीथान गौरीवन, दोबाटेभञ्ज्याङ्ग, थोलेदेम्बा ३३५० मिटरसम्म (३ दिन) को पथमार्ग र उक्त स्थान हुँदै पिके, दुधकुण्ड मिहालबाट सगरमाथाको आधारशिविरसम्मको नयाँ पथमार्गको शुभारम्भ भएको हो ।