५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, राष्ट्रियसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने



अ+ अ-
काठमाडौँ । आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएको छ ।
प्रतिनिधिसभाको बैठक विहान ११ बजे बस्नेछ । प्रतिनिधिसभामा सोमबारदेखि सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल आज पनि जारी रहनेछ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले यही जेठ १५ मा संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको वार्षिक राजस्व र व्ययको अनुमान प्रस्तुत गर्नुभएको थियो । सोमबार बसेको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा ज्ञानेन्द्रबहादुर कार्की, ठाकुर गैरे, देवेन्द्र पौडेल, डोलप्रसाद अर्याल, ज्ञानेन्द्र शाही, प्रदीप यादव, राजेन्द्रप्रसाद पाण्डेले धारणा राख्नुभएको थियो । आज बाँकी सांसदहरुले छलफलमा भाग लिनुहुनेछ ।
बजेटमाथिको सामान्य छलफलपछि  विस्तृत मन्त्रालयगत छलफल भने पछि हुनेछ ।
राष्ट्रियसभाको आजको बैठकमा भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समसामयिक विषयमा मन्तव्य राख्नुहुने सम्भावित कार्यसूची छ । विहान ११ः११ बजे सुरु हुने भनिएको बैठकमा सुरुमा प्रधानमन्त्री दाहालले आफ्ना  भनाइ राख्ने र त्यसपछि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र राष्ट्रियसभा अध्यक्षले पढेर सुनाउनुहुने कार्यक्रम छ ।
त्यसपछि  अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिकको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम छ । अर्थमन्त्रीले उक्त प्रस्ताव पेस गरेपछि उक्त प्रस्तावमाथि सामानय छलफल सुरु हुने सम्भावित कार्यसूची छ ।