२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी सरकारको प्राथमिकतामा त्रिवेणी–कोरला सडक



अ+ अ-
गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको नीति तथा कार्यक्रममा त्रिवेणी–कोरला सडकलाई प्राथमिकतामा राखिएको छ ।
सरकारका तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा नवलपुर र मुस्ताङ जोड्ने उत्तर दक्षिण मार्ग कोराला–त्रिवेणी सडकसँगै नवलपुरमा हुने औद्योगिक निर्माण मुख्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख गुरुङले कोरला–त्रिवेणी सडकमार्फत दुई छिमेकी राष्ट्र जोड्ने र गण्डकी प्रदेशको समृद्धिको आधार निर्माण गर्न सरकार लागिपरेको बताउनुभयो ।
आठ वर्षदेखि अलपत्र परेको नवलपुरमा पर्ने दुम्कीबास–गजेन्द्रमोक्ष सडकखण्डको निर्माणलाई गति दिन उक्त सडकलाई बजेट सुनिश्चितता गरी वन्यजन्तुमैत्री संरचनासहित तीन वर्षभित्र निर्माण सम्पन्न गर्न विस्तृत आयोजना प्रतिवेदन निर्माणका लागि कार्यारम्भ भएको गुरुङले बताउनुभयो ।
सङ्घ सरकारसँगको समन्वय र स्थानीय तहको सहकार्यमा प्रदेश गौरवको आयोजनाका रूपमा रहेका नवलपुरको लोकाहाखोला, कास्की र तनहुँको पुँडिटारमा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्र स्थापना, व्यवस्थापन तथा सञ्चालनका लागि पूर्वाधार निर्माणका कार्यलाई प्राथमिकता दिइने सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ । कालीगण्डकी, मस्र्याङ्दीलगायत करिडोर क्षेत्रमा कृषिमा आधारित एकीकृत विकासलाई प्राथमिकतामा राखेर कार्य प्रारम्भ गरिने उहाँले बताउनुभयो ।
नवलपुरको डेढगाउँबाट तनहुँको भिमाद तथा नवलपुरको डेढगाउँबाट नवलपुरकै झ्यालबास खण्डमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख गुरुङले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमका आधारमा रही गण्डकी प्रदेश सरकारले आगामी आव २०८०/८१ का लागि बजेट तयार पार्नेछ । त्रिवेणी–कोरला सडकलाई धार्मिक मार्गसँगै आर्थिक मार्गका रुपमा प्रदेश तथा सङ्घीय सरकारले हेर्दै आएको छ ।