२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिजो अबरुद्ध प्रतिनिधि र राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्तो छ कार्यतालिका



अ+ अ-
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायतका विपक्षी पार्टीहरुले संसद अवरुद्ध गरेपछि हिजो स्थगित भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ ।
राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकतासम्बन्धी विधेयकको विरोधमा विपक्षी दलहरुले विरोध जनाउँदा दुवै सदनका बैठक अवरुद्ध भएका थिए । यद्यपि आइतबार सर्वोच्च अदालतले प्रमाणीकरण भएको नागरिकतासम्बन्धी ऐन कार्यान्वयन नगर्नका लागि सरकारका नाममा अन्तरकालिन अन्तरिम आदेश जारी गरेको छ ।
हिजोको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुराको साटो बंगलादेशसम्मको पहुँच माग गरेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्ने आरोप लगाउँदै विपक्षी दलले
जवाफ समेत माग गरेका थिए ।
प्रतिनिधिसभाको आजको बैठक विहान ११ बजे बस्ने कार्यतालिका छ । जसमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।
साथै अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र त्यसमाथि छलफल सुरु हुनेछ ।
आजको प्रतिनिधिसभा बैठकमा गत चैत २२ निधन हुनुभएका संविधानसभा सदस्य श्याम सुन्दर टिवडेवाल र पूर्व संविधानसभा सदस्य मीना पाण्डेको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण र शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्ने कार्यसूची छ ।
साथै राष्ट्रियसभाको आजको बैठक दिउँसो १ः१ बजे बस्ने कार्यतालिका छ । जसमा सभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।
साथै अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र त्यसमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची छ ।