९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

‘भेडा चराउनु सहज काम होइन’

‘भेडा चराउनु सहज काम होइन’
अ अ+ अ-

काठमाडौँ । चलचित्रमा निर्वाह गर्ने भूमिकामा बाच्ने कलाकारमध्येमा अभिनेता दयाहाङ राई एक हुन् । अर्थात् चलचित्रमा उनी निर्वाह गर्नुपर्ने चरित्रलाई निर्माण गर्न त्यही जीवनलाई महसुस गर्छन् । कथा र व्यथासँग जोडिएपछि चरित्र जीवन्त हुने अभिनेता राईको बुझाइ थियो ।

“चलचित्रमा अभिनय गर्ने क्रममा विभिन्न पात्र र जीवनसँग साक्षात्कार गर्ने मौका पाइन्छ । मेरो प्रदर्शनको क्रममा रहेको चलचित्र नीरफूलमा मैले गोठालोको भूमिका निर्वाह गर्ने । भीरपाखामा भेडा चराउँदा उहाँहरुको समस्या र साहससँग साक्षात्कार भए”, अभिनेता राईले भने । कसरी भेडालाई माथि तिर लाने, कसरी तल झार्ने, तिनीहरुलाई कसरी नुन खुवाउने, कसरी स्याहार गर्ने भन्नेबारे स्थानीयसँग छलफल गरेपछि उनले जानकारी पाएको रहेछ ।

.“पहिलो पटक यो चलिचत्रबाट मैले भेडा गोठालेको संघर्षपूर्ण अनुभव सङ्गाल्ने अवसर पाएँ । मेरो लागि रोचक रह्यो”, उनले भने । धादिङको रुबी भ्यालीमा छायाङ्कन हुँदा अभिनेता राईले हिमाली जीवनको अनुभव सङ्गाल्नु भएको रहेछ ।

एउटा नेपाली केही वर्ष विदेशमा रोजगारी गरेर घर फर्कँदा उसको थातथलो नै नेपालको नक्साबाटै हराउनु, उसको गाउँ नै नभेटिनु जस्तो बिडम्वना नै चलचित्रको कथासार रहेको अभिनेता राईको भनाइ थियो । उनले चलचित्र ‘नीरफूल’ मौलिक कथा र बिरलै हुने घटनामा केन्द्रित रहेको बताए ।