२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा ६ देशमा गैरआवासीय राजदूत नियुक्त



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ६ देशमा गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ । आइतबार राष्ट्रपति पौडेलले ब्रुनाई दारुसलाम,गणतन्त्र चिलि, क्रोसिया, गणतन्त्र काजखस्तान, लिथुआनिया र प्रजातान्त्रिक जनगणतन्त्र अल्जेरियामा आवासीय राजदूत नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार मलेसियाका आवासीय राजदूत डिल्लीराम पौडेललाई ब्रनाई दारुसलामको आवासीय राजदूत,ब्राजिलका आवासीय राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र चिलीको आवासीय राजदूत र अस्ट्रियाका आवासीय राजदूत भरतकुमार रेग्मीलाई क्रोसियामा गैरआवासीय राजदूत नियुक्त गरिएको हो ।

यस्तै, रुसी महासंघको आवासीय राजदूत मिलनराज तुलाधारलाई गणतन्त्र काजखस्तानको गैरआवासीय राजदूत,डेनमार्कको आवासीय राजदूत प्रा।डा।राम स्वार्थ राय र इजिप्टका आवासीय राजदूत सुशीलकुमार लम्साललाई प्रजातान्त्रिक जनगणतन्त्र अल्जेरियाको गैरआवासीय राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राष्ट्रपति पौडेलले ६ जना आवासीय राजदूतलाई गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको हो ।