५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङमा वरिष्ठ प्रहरी हवल्दार मृत फेला



(सांकेतिक तस्बिर)
अ+ अ-

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत वरिष्ठ प्रहरी हबल्दार मृत अवस्थामा फेला पर्नुभएको छ ।

सुरक्षा गस्तीका क्रममा सिदिङ्वा गाउँपालिकाबाट फर्किने क्रममा रहनुभएका उदयपुरको त्रियुगा नगरपालिका–७ का ४१ वर्षीय वरिष्ठ प्रहरी हबल्दार दीपक शाह शङ्कर मृत अवस्थामा फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सिदिङ्वाको मेहेलेबाट फर्किने क्रममा प्रहरी कर्मचारीलाई म बिस्तारै आउँछु भनेको तर निकै बेर नआएपछि खोजी गर्दा मृत अवस्थामा भेटिनुभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार अनुसार मृतक शङ्कर छारे रोगबाट पीडित हुनुहुन्थ्यो । मृतकको शव परीक्षण गरी आफन्तलाई बुझाउने तयारी भएको जनाइएको छ ।