९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

‘केही वर्षभित्र नेपाललाई सफा देशको सूचीमा पुर्याउने उद्देश्य छ’

‘केही वर्षभित्र नेपाललाई सफा देशको सूचीमा पुर्याउने उद्देश्य छ’
अ अ+ अ-

काठमाडौँ । सरसफाइ अभियन्ता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जनस्वास्थ्य तथा सरसफाइ विज्ञ खेम शर्माले केही वर्षभित्र नेपाललाई सफा देशको सूचीमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा फोहरमैला व्यवस्थापन सङ्घ नेपालद्वारा यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विज्ञ शर्माले केही वर्षभित्र नेपाललाई सफा देशको सूचीमा पु¥याउने उद्देश्यका साथ देशविदेशमा बस्ने सम्पूर्ण नेपालीलाई समावेश गरी तीनै तहका सरकारको सहभागितामा ‘स्वच्छ नेपाल स्वस्थ नेपाली’ नाराका साथ राष्ट्रिय सरसफाइ अभियान यसै वर्षदेखि सुरु गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेसम्म विभिन्न मन्त्रालय, विभाग एवम् कार्यालयहरूले निर्माण गरेका जनस्वास्थ्य र सरसफाइसम्बन्धी नीति, नियम एवम् निर्देशिका आगामी साउन १ गतेदेखि थप प्रभावकारी रूपमा अगाडि बढाउन प्रधानमन्त्रीबाट निर्देशन भइसकेको छ ।”

विज्ञ शर्माले विश्व मजदुर दिवसको दिन केही महत्वपूर्ण निर्णयहरूसमेत भएको जानकारी गराउनुभयो । यसै वर्षदेखि लागू हुने गरी राष्ट्रका उच्च तहबाट वार्षिक रूपमा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारमा कम्तीमा दुई प्रतिशत मजदुरलाई समावेश गर्ने नीति सरकारले लिएको उहाँको भनाइ छ ।

विज्ञ शर्माले सम्पूर्ण मजदुरको काम, कर्तव्य र अधिकार स्पष्ट पार्दै सेवा, सर्त र सुविधा निश्चित तथा वैधानिक गर्न अनुगमनकारी निकायलाई सक्रिय गराउने प्रतिबद्धता व्यक्त गर्दै सरसफाइमा खटिने सम्पूर्ण मजदुरलाई दक्ष बनाउने उद्देश्यका साथ सरकारी निकाय र संस्थाले अनिवार्यरूपमा आफ्ना मजदुरलाई पेसागत तालिम, आधुनिक सामग्री र सुरक्षासहितको उचित पोसाकको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

आगामी आर्थिक वर्ष २०८०÷८१ देखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य रूपमा लागू गर्न पहल गरिने उहाँले बताउनुभयो । विज्ञ शर्माले समग्र सरसफाइकर्मीले भोग्दै आएका समस्या समाधानका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रत्येक नागरिक स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने संवैधानिक हक सरसफाइकर्मीको सहयोगबिना असम्भव भएको उल्लेख गर्दै उहाँले सरकारले सरसफाइलाई बजेटमा समेत प्राथमिकता दिएको बताउनुभयो । ७९ कम्पनीको छाता सङ्गठन फोहरमैला व्यवस्थापन सङ्घ नेपालले हाल तीन हजारभन्दा बढी सरसफाइकर्मीलाई प्रत्यक्षरूपमा रोजगारी प्रदान गर्दै आएको छ । सङ्घले काठमाडौँ महानगरको ७९ र काठमाडौँ उपत्यकाको ९० प्रतिशत फोहरमैला व्यवस्थापन गर्दै आएको छ ।

चार सय ५० भन्दा बढी ढुवानीका साधनको प्रयोग गर्दै करिब चार सय किलोमिटर सडकको सफाइ, करिब चार लाख घर÷निकाय, प्रतिष्ठानलगायतलाई सेवा र्पुयाउँदै आएको छ । विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा आज प्रभातफेरीको आयोजना गरिएको थियो । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखको दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाइँदै आएको छ ।

सन् १९७२ मा स्विडेनको राजधानी स्टकहोममा मानव वातावरणसम्बन्धी संयुक्त राष्ट्र सम्मेलनको पहिलो दिनमा उक्त सभाले तय गरेको यो दिवसलाई सन् १९७४ देखि ‘मात्र एक पृथ्वी’ वा ‘वन्ली वन अर्थ’ नाराका साथ विश्वव्यापी उत्सव बनाइएको थियो । रासस