४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

रास्वपाको राजनीतिक गतिविधी, भविष्य र आगामी संगठनात्मक चुनौतीहरु

रास्वपाको राजनीतिक गतिविधी, भविष्य र आगामी संगठनात्मक चुनौतीहरु
फाईल फोटो
अ+ अ-

कुनै पनि देशमा राजनीतिक पार्टी निर्माण हुन ऐतिहासिक कारण र युगिन आवश्यकताको संयोग जुर्नु पर्ने हुन्छ। सात दशक अघि जहानिय राणाशासन बिरुद्ध प्रजातान्त्रिक प्रणालीको लागि नेपाली कांग्रेसको जन्म भएको थियो। सर्वहारा गरिव मानिसका आधारभुत आवश्यकता पुर्ती गर्न भन्दै नया पार्टी बर्गिय धरातलमा निर्माण गर्नु पर्छ भनेर कम्युनिस्ट पार्टी जन्मियो।

जातीय तथा क्षेत्रीय पार्टीहरु बाहेक नेपाली राजनितीक इतिहासमा राष्ट्रिय चरित्र बोकेका जे जति पार्टी छन ती ७ सालको वरिपरि गठन गरेका काङ्ग्रेस र कम्युनिस्ट पार्टीका शाखा–उपशाखा मात्र हुन। २०६२ /६३ को राजनीतिक आन्दोलनपछि ब्यवस्था परिवर्तनको युग सकिएको निस्कर्ष सहित अवस्था परिवर्तन को लागि युग सुहाउँदो स्वाभिमान सुशासन सम्बृद्धिमा केन्द्रीत नया पार्टी निर्माणको ऐतिहासिक आवश्यकता बोध भएको हो।

युगौ लामो संघर्ष र प्रयत्न पश्चात ब्यवस्था परिवर्तनको सफलता पछि देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्यो। गणतन्त्र प्राप्ती पछि अवस्था परिवर्तनको आशामा दशक बित्यो तर जनताको दशा परिवर्तन भएन । पुराना पार्टीहरुले ब्यवस्था परिवर्तन गरेपनी अवस्था परिवर्तन गर्न असफल प्राय भएपछि देश रुपान्तरणको निम्ति पुराना पार्टीहरुको बिकल्पमा नया पार्टी निर्माणका प्रयासहरु भए।

पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा बनेको नया शक्ति जातीवादी संकीर्ण चिन्तनले धरासायी भयो ।विवेकशिल साझा पार्टी नेतृत्वको अहंकार एवं स्वार्थ को टक्राव तथा राजनीतिक–बैचारिक बेमेलताको कारण बिचलित भयो । विवेकशिल नेपाली दलका अध्यक्ष उज्ज्वल थापाको मृत्यु पछि उनी माथिको राष्ट्रिय सहानुभूतिले जति उचाइ छोयो विवेकशील अभियान त्यति ओह्रालो लाग्दै गयो।

अघिल्ला यी प्रयोगको तुलनामा अहिले उदाउदो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति केन्द्रिय तहमा, सदन , सडक बौद्धिक बृत्त नागरिक समाज हुदै भुइ तहमा जन–आकर्षण र उभारको गति तिब्र देखिन्छ। कांग्रेस–,कम्युनिस्ट पार्टीहरु जुन सामाजिक राजनीतिक, ऐतिहासिकताका बिच जन्म भए नया युग र कार्यभार बोक्न ऐतिहासिक आवस्यकताको बोध गरेर नया पार्टी निर्माण हुन लागेको आभास हुदैछ।

नागरिकले स्वाभिमानपूर्वक बाच्न र जनताको अवस्था परिवर्तनको लागि सदियौ देखिका आशा र सपनाहरु ब्युतिएका छन। रास्वपाको भविष्य भित्र खोज्न थालेका छ्न। पार्टी निर्माणको छोटो समयमा रास्वपाप्रति लाखौंको जनमत आकर्षित भएको छ। चौथो ठूलो पार्टीको रुपमा दर्ज भएको छ। २१ जना सांसदहरुसहित संसदमा प्रभावकारी उपस्थितीपनि छ।

बिगतमा पार्टी सभापति रवी लामिछानेले मिडियामा खेलेको सकारात्मक भुमिका र लोकप्रियताको कारण रास्वपा राजनीतिको आकर्षण बनेको हो। सरकार र शक्तिमा रहेका दल र समुहले शक्तिको आडमा पटकपटक पार्टी सभापति लामिछानेलाइ अनावश्यक दुख दिएको परिणाम पनि जनताको सहानुभूति ह्वात्तै बढेको हो। स्वतन्त्र पार्टीमा विभिन्न क्षेत्रका अव्वल ब्याक्तिहरु जोडिने क्रममा अर्थशास्त्रीको रुपमा परिचित स्वर्णिम वाग्लेको उपस्थिति तनहुमा उम्मेद्बारी र बिजयले नया हलचल पैदा गर्यो।

पुराना पार्टीहरुको बिकल्पमा खडा हुदै वैकल्पिक राजनीतिको रुपमा प्रयास गरेका बिगतमा स्वच्छ मनले नया गोरेटो कोर्न लागेका सफलता–असफलताका सवै अनुभवहरुको श्रृखलाको जगमा रास्वपा खडा भएको छ। ऋाजसम्मको सफलतामा आउन पनि वैकल्पिक राजनीतिक अभियानमा अहोरात्र जुट्ने नेता, अभियन्ता हुँदै बालेन, हर्क, गोपि जस्ता देशभरिका दर्जनौ स्वतन्त्र उमेदवारको आटँ लाईपनि सम्झनु मनासिव हुन्छ।

नेपाल अबिकसित, ज्यादा ग्रामिण बस्ती भएको पूर्ण साक्षरता नभएको दलियकरणको शिकार भएको मुलुक हो। निर्वाचनमा बिजय प्राप्त गर्न चुनाव चिह्नको महत्व प्रधान हुन्छ। नेपालीले पटकपटक भोट हालिरहेको रुख र सुर्य ब्राण्ड भएकोले नया चिह्न ब्राण्डिङ्ग गर्न चुनौती ठानिएको थियो। गत निर्वाचन मार्फत रास्वपाले घण्टी लाई मन्दिरको गहना बाट देशको गहनासङ्ग जोड्ने गरि चुनाव चिह्नको रुपमा “घण्टी“ लाई नविन ब्राण्डको रुपमा स्थापित गर्यो।

उपनिर्वाचनले रास्वपाको अघिल्लो रेकर्डलाइ ब्रेक गरेर खुशियालीको उत्कट आभास महसुस गरायो। नागरिकले आगामी २०८४ को निर्वाचनमा स्पष्ट बहुमतको घण्टी फिलिम हेर्ने प्रष्ट अनुमान गरेर बसेका छन। सवैको अनुमान र स्वतन्त्र विश्लेषण हेर्दा आगामी निर्वाचन सम्म रास्वपा नेपाली राजनीतिको निर्णायक पार्टीको रुपमा स्थापित हुन सक्ने आम विश्लेषण छ।

लोकतन्त्रमा चुनावको उच्च महत्ज हुन्छ। लहर र वर्षाको भेलको भर हुदैन। जनमत कसैको राजनैतिक पेवा हुदैन भन्ने इतिहासमा पुष्टि भईसकेको छ। लहरकै आधारमा सचेतन भुमिका बेगर नया–नया भनेर पपुलर ब्यक्ति प्रर्दशन र एजेन्डा फलाकेकै भरमा आगामी निर्वाचनमा केही सिट थप्न त सकिन्छ तर बहुमत ल्याएर जित्न कठिन हुन्छ। हिजोको निर्वाचनमा स्वतन्त्र पार्टी नया थियो भोलि अर्को नया आउन सक्छ। अर्को कुरा, चुनाबी लहर अनुमान गर्न कठिन भएपनि नया पार्टीहरु जन्मिने र लोकप्रियताको लहर बाडिने राजनितीक सम्भावना कायमै छ। अतः रास्वपाको लहरको राजनीतिलाई भरको सङ्गठनमा रुपान्तरण गर्ने चुनौती प्रमुख चुनौती हो।

देशव्यापी सङ्गठन निर्माणको प्रारम्भिक चरणमा रास्वपा छ। आवश्यकता र क्षमता, कर्तव्य र अधिकार, लहर र योजना, चेन अफ कमान्ड र मनमैजी जस्ता आधारभुत बिषयमा द्वन्द्वात्मक ढङ्गले हेर्नु जरुरी छ। बिचार, नीति सिद्धान्त, एजेन्डा, आचारसंहिता, कार्यक्रम र नया हुनुको सन्र्दभबारे आम नेता तथा सदस्यलाई नियमित प्रशिक्षित गर्न जरुरी छ।

पार्टीको मूल उद्देश्य र आदर्श बमोजिम सचेतन पहलकदमी र भुमिकाबाट पार्टी स्थापित गर्नु जरुरी हुन्छ। परिवर्तनशिल जनताका आकाँक्षाबीच पुराना दलहरुको असक्षमता तथा असफलताको परिणाम चुनावमा घण्टी लहर आयो। सुषुप्त बिद्रोहको रुपमा आएको लहरलाइ रास्वपामा सङ्गठित गर्नु र २०८४ को निर्वाचन पूर्व नया उचाइमा लहर सृजना गर्न सक्नु पर्दछ।

चमत्कारीक घन्टी लहर जस्तो छोटो समयमा स्वतस्फूर्त सङ्गठनको बिकास हुन सक्दैन्। जिल्ला, प्रदेश र केन्द्रमा बन्ने सङ्गठनले सचेत पहल र कार्यक्रम–प्रशिक्षण बेगर संख्यात्मकढङ्गले देशव्यापी सङ्गठन निर्माण भएपनि समयको माग बमोजिम हाँक दिन गाह्रो हुन्छ।

आगामी २०८४ को चुनावमा बिजय प्राप्तगर्ने गरि अपेक्षित नतिजा दिन सक्ने बनाउन नेता तथा सदस्यहरूमा राजनिती सेवा हो र यो लामो यात्रा हो भन्ने बुझ्न जरुरी छ। राजनीतिक संस्कार, आचरण, सङ्गठनात्मक अनुशासन राजनीति र सङ्गठन बारे ज्ञान, क्षमता अभिवृद्धि र गुणस्तरमा जोड दिनु पर्छ ।

राजनीति समग्र कुरा हो भने सङ्गठन बिशिस्ट । सङ्गठनका चुनौती को हल सङ्गठनात्मक दृस्टि बाट बढी हेर्नु पर्छ। बहुदलीय लोकतान्त्रिक ब्यवस्था भएको नेपाली समाजमा नया पार्टी निर्माणकाक्रममा शुद्ध व्यक्तिहरु आकाशबाट आउने होइनन। पुरानो भत्किएन भने नया त बन्छ तर उचाइ छुदैन्। औसत स्वतन्त्र ब्याक्तिहरुको अलवा कांग्रेस, एमाले र माओवादी लगायत अन्य पार्टीहरुका स्थानीय जिल्ला र केन्द्रका सङ्गठन भत्काएर आउने हुन्।

इमानदार, सक्षम, प्रतिवद्ध, सामाजिक सेवाभाव र राजनीतिक आचरण भएका उर्जावान व्यक्तिहरु रास्वपा निर्माणको इटा बन्न सक्छन। स्वतन्त्र पार्टीमा पुराना पार्टीभित्रका सङ्गठनात्मक अनुभव र उर्जा बोकेका असल सक्षम इटाहरु देश रुपान्तरणको चाहना राखि आए भने पुराना पार्टीहरु गल्र्यामगुर्लुम ढल्नेछन। राजनितीक–वैचारिक रुपमा मात्र होइन सङ्गठनात्मक रुपमा बलियो रास्वपा बन्नेछ।

सदस्यता र सङ्गठनको तीब्र बिकास अनुसार पार्टी सङ्गठन सञ्चालन तथा व्यवस्थापनमा तालमेल भएन भने अनेक प्रकारका समस्या र चुनौती आउछन। सङ्गठनात्मक अराजकता र अनुशासनहिनताले द्धन्द्ध निम्त्याउछ। नेतृत्व आत्मगत र एकाङ्की हुने खतरा पैदा हुन्छ। निर्वाचनमा लहरले ल्याएको परिणामले अहंकार पैदा गने र ज्यादा महत्वाकांक्षी हुदा दुर्घटना हुने खतरा हुन्छ। गाँउ, वडा–नगरमा काम नगर्ने भुइ नटेकी जिल्ला,प्रदेश र केन्द्रमा दुगुर्दा सङ्गठन बतासिन सक्छ।

चुस्त कामकाजी सङ्गठन अनिवार्य छ। पार्टीको लोकप्रियता थप चुलिमा पुर्याउन केन्द्र, प्रदेश र स्थानीय तहमा सक्षम, उर्जाशिल राजनितीक आचरण बोकेका युवा, प्रौढ, महिलासहितको समावेशी प्रकारको कर्मशिल नेतृत्व जरुरी हुन्छ। नीति, एजेन्डा र कार्यक्रमको केन्द्रीकृत अभिव्यक्ति नेतृत्व र सङ्गठनमा निरन्तर प्रवाह गर्न नेतृत्वले कार्यकतासङ्ग सिक्ने र सिकाउने ब्यवस्थित प्रशिक्षणको दोहोरो सिकाइ हुनु पर्छ।

सस्थागत र गौरवपुर्ण इतिहास नै नभएको नया इतिहास कोर्न लागेको पार्टीमा दिन र महिना जोडेर पुरानो र नया सदस्य भनी गलत भाष्य र मनोबिज्ञान देखा पर्न दिनु हुदैन। देश रुपान्तरणको लागि बनेको पार्टीको मुल आदर्श “जान्ने लाई छान्ने“ सिद्धान्त लाई जोड तथा योगदानलाई ध्यान दिदै सङ्गठन निर्माण तथा सुदृढीकरणको मुल आधार बनाउनु पर्दछ।

जिवन्त पार्टीमा अनेकन मौसमी रोग देखिन्न सक्छन् तर दीर्घकालीन रोग आउन दिनु हुदैन। समस्या आउछन, समस्याको ब्यवस्थापन गर्ने कार्य विधि बिकास गर्नु जरुरी हुन्छ। सदन र सरकार तर्फ केन्द्रित पार्टीको मुल नेतृत्व आन्तरिक सङ्गठनात्मक ब्यवस्थापनमा खरो उत्रन ढिलाइ गर्नु हुदैन।

नया पार्टी र नया बच्चाको जीवन उस्तै हुन्छ। नया पार्टीमा सानो समस्या आउदा नया बच्चाको गोरो अनुहारमा देखिएको दाग जस्तो सानो कमजोरी पक्ष टलक्क टल्किने हुन्छ। पार्टी सवल हुनकालागि स्वस्थ आलोचना र समालोचनालाई नेतृत्वले गम्भिरतापुर्वक सुन्ने र लागु गर्नु पर्छ। आक्रोशित होइन सयंमित र संबेदनशिल हुनु जरुरी हुन्छ।

केन्द्रिय समिती काठमाडौ केन्द्रित होइन देशव्यापी सङ्गठन बिस्तारमा होमिनु पर्ने हुन्छ। केन्द्रिय सदस्यहरुले प्रदेशलाइ, प्रदेशले जिल्लालाई, जिल्लाले स्थानियतहका काम र गतिविधि बारे मुल्यांकन गर्ने अनुगमन गर्ने र प्रोत्साहन गर्ने पद्धतिको बिकास गर्नु पर्छ।

पदिय जिम्मेवारी लाई क्षमता र आवश्यकताको आधारमा कामको बाँडफाडको अर्थमा लिनु पर्छ। पद अहंकार र शासकिय रवाफमा नबदलियोस भनेर निरन्तर जिम्मेवारीप्रति उत्तरदायी बनाउनु पर्दछ।

जसरी देशको भविष्य उक्त देशका राजनितीक पार्टीको हातमा हुन्छ, नया होस या पुराना पार्टीको भविष्य पनि बाहिर होइन आन्तरिक पार्टी जीवन भित्र नै हुन्छ। रास्वपाको भविष्य बाहिर छैन रास्वपा भित्र छ। बिकल्पबिहिन जस्तो भएको नेपाल देशको भविष्य पनि रास्वपाको भविष्यसङ्ग गाँसिएको छ।