९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

प्रचण्डले हिजोका कुकर्ममा पश्चाताप गरुन: राप्रपा प्रवक्ता श्रेष्ठ

प्रचण्डले हिजोका कुकर्ममा पश्चाताप गरुन: राप्रपा प्रवक्ता श्रेष्ठ
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालले बिगतका गलत क्रियाकलापको लागि पशुपतिनाथमा क्षमा पुजा गर्न सुझाब दिनुभएको छ ।

भारत भ्रमणका रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्य प्रदेश पुगेर महाकालेश्वर मन्दिरमा गेरुवस्त्र सहित ज्योतिर्लिङ्गमा पूजा अर्चना गरेपछि प्रवक्ता श्रेष्ठले यस्तो सुझाब दिनु भएको हो ।

सामाजिक संञ्जाल मार्फत श्रेष्ठले बिगतमा समाजलाई विभाजित गर्ने, भ्रम फैलाउने हर्कतहरु भए समयक्रममा ति सबै मिथ्या साबित भएको जनाउनु भएको छ ।

उहाँले लेख्नुभएको छ ।

हिजो राजसंस्था, हिन्दु धर्म लगायतका विषयमा जुन जुन कुरा भनेर मान्छे उचाल्ने, उत्तेजित तुल्याउने, समाजलाई विभाजित गर्ने, भ्रम फैलाउने हर्कतहरु भए समयक्रममा ति सबै मिथ्या साबित हुँदैछन् । दिवंगत रानी ऐश्वर्यलाई पम्फादेवीको उपनाम दिएर स्विस बैंकमा अर्बौं रुपैयाँ राखिएको भन्दै बदनाम गरियो, समयक्रममा ति मिथ्या साबित भए । सशस्त्र द्वन्द्वका बखत ०५८ मा आजकै दिन भएको दरबार हत्याकाण्डमा राजा ज्ञानेन्द्रलाई जोडेर गाउँ गाउँसम्म दुष्प्रचार गर्ने काम भयो, डा।बाबुराम भट्टराईले त लेख समेत लेखेर कोतपर्व भन्न भ्याए, राजा ज्ञानेन्द्र जोडिएको भए यिनले बाँकी राख्ने थिएनन्, त्यो पनि भ्रम फैलाइएको मात्रै थियो ।

हिन्दु धर्म, संस्कृति र परम्परा विरुद्ध त यिनले गर्नुसम्म गरे, मन्दिर भत्काए, पुजारी मारे, अग्रज भागवत वाचक पण्डित नारायण पोखरेलको हत्या गरे, काजकिरियामा बसेकालाई समेत छाडेनन् । धर्मान्तरणलाई प्रश्रय दिए, चर्चका पैसा ल्याएर राजनीति धाने, चर्चकै पैसाले चुनाव खर्च जुटाए।हिन्दुराष्ट्रको पहिचान समाप्त पारिदिए । समाजमा स्थापित सामाजिक, सांस्कृतिक मुल्य मान्यताको ध्वंस गर्ने कामको अगुवाइ गरेका मात्रै होइन अभियान नै चलाएका सशस्त्र द्वन्द्वको मुल नेतृत्व जीवनको उत्तरार्द्धमा ूभगवानू को शरणमा पुग्नुपर्ने दिन आएको छ। आज उहाँले सार्वजनिक रुपमा भारतको उज्जैनमा महाकालेश्वर भगवानको पुजा आराधना गर्नुभएको छ।

ढिलै भएपनि यो सकारात्मक र स्वागतयोग्य कुरा हो । भारत वर्ष भारत खण्डका तिर्थाटनपछि भगवान पशुपतिनाथको मन्दिरमा पुजा आराधना गरेपछि फल प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ। पशुपति क्षेत्र विकास कोषका संरक्षक समेत रहनुभएका प्रधानमन्त्रीले फल प्राप्तिका लागि गर्नुपर्ने कर्म गर्नुहुनेछ भन्ने आशा लिएको छु । हिन्दु धर्म, संस्कृति, परम्पराको खिलाफमा लाग्न उहाँबाट शिक्षित, दीक्षित र प्रेरित भएकाहरूले एकपटक पश्चाताप गरुन्, गलत शिक्षा र गलत कर्म गरेकोमा क्षमापुजा गरुन् र सहि बाटो, सहि विचारको अनुसरण गरुन् ।
वादे वादे जायते तत्व बोध…