२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाह बन्धनमा बाँधिइन् सोविता गौतम



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतम विवाह वन्धनमा बाँधिएकी छन् । उनले हालै आफ्नो प्रेमी गृहेन्द्र घिमिरेसँग गुपचुपमा विवाह गरेकी हुन् ।

माओवादीमा आवद्ध घिमिरे र सोविता लामो समयदेखि प्रेममा रहेको स्रोत बताउँछ । चितवन घर भएका गृहेन्द्र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाञ्जा पर्छन् । घरमा पूजा लगाएका बेला सानो जमघटमा उनीहरुले लगनगाँठो कसेको बताइएको छ ।

पारिवारिक स्रोतका अनुसार भक्तपुरको कमेरेटारस्थित सोबिताको माइतीघरमा आयोजित धार्मिक अनुष्ठानकै अवसरमा गत साता बैबाहिक विधि पूरा गरिएको हो । यद्यपि, दुवै पक्षले विवाहका तस्विरहरु सार्वजनिक गरेका छैनन् ।

सोविता गत मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ काठमाडौं–२ बाट विजयी सांसद हुन् ।