२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति प्रक्रिया टुंग्याउने विषयमा चीनको चासो



अ+ अ-

काठमाडौँ । शान्ति प्रक्रियाको बाँकी रहेका काम टुंग्याउने विषयमा चीन सरकारले चासो देखाएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा चिनियाँ कम्युनिष्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमण सकेर फर्किएको प्रतिनिधिमण्डलको पत्रकार सम्मेलनमा बोल्दै नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्नि सापकोटाले यस्तो बताउनुभएको हो ।

उहाँले शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्‍याउने कुरामा चीन सरकार आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्धता भ्रमणका क्रममा गरेको बताउनु भयो । पूर्वसभामुख सापकोटाले चीन सरकारबाट धेरै कुरा सिक्न बाँकी रहेको बताउनु भयो । उहाँले चीन र नेपाल सम्बन्धलाई मैत्रीपूर्ण बनाउन, सौहाद्र र घनिष्ठ बनाउँदा विश्व राजनीतिमा महत्वपूर्ण भुमिका खेल्न सक्ने बताउनु भयो उहाँले भेटमा चीन सरकारको तर्फबाट विभिन्न प्रतिनिधिहरुले नेपालका समस्या खुला रुपमा राख्नसके सहयोग गर्न सहज हुने प्रतिक्रिया दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले चीन सरकारबाट धेरै कुरा सिक्न सक्छौँ । चीन र नेपाल सम्बन्धलाई मैत्रीपूर्ण बनाउन, सौहाद्र र घनिष्ठ बनाउँदाखेर नै हामीले विश्व राजनीतिमा महत्वपूर्ण भुमिका खेल्न सक्छौँ । विश्व शान्तिका लागि चीनले जो पहल गरिरहेको छ, यसमा हाम्रो पनि स्वभाविक रुपमा पहल कदमी हुनुपर्नेछ । शाीन्त प्रक्रिया लगायतका कुराहरु पनि महत्वपूर्ण विषयका रुपमा अघि आएको हुनाले त्यस सम्बन्धमा व्यापक, विस्तृत छलफल भएको छ ।

सबैभन्दा ठूलो भेटघाट चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका प्रमुख जसलाई त्यहाँ मन्त्री भनिन्छ, उहाँसँग नै भयो । विभिन्न प्रान्तका सेक्रेटरी र सरकार प्रमुखका रुपमा रहेका प्रमुखसँग भेट भयो । दुई देशका बीचमा देखापरेका समस्याका बारेमा छलफल भयो । उहाँहरुले नेपालको शान्ति प्रक्रियाको बारेमा पनि चासो राख्नुभएको थियो । हामीले तपाईहरुले सहज गर्नुपर्छ भनेका छौँ, उहाँहरुले हामीले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन जस्तोसुकै सहयोग गर्न पनि तयार छौँ, असल मित्रको हैसियतले सबैकुरा भनिदिनुभयो भने सहयोग गर्न सहज हुन्थ्यो भन्नुभयो ।’

उपाध्यक्ष सापकोटाले भेटमा नेपाल र चीन नाका सुव्यवस्थित रुपमा सञ्चालन गर्ने कुरामा पनि छलफल भएको बताउनु भयो ।