१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात

अग्निपीडित भन्छन्: ओत लाग्ने छाना भएन

अग्निपीडित भन्छन्: ओत लाग्ने छाना भएन
फाईल फोटो
अ अ+ अ-

राँझा । बाँकेको नरैनापुर गाउँपालिका–५ जमुनाह गाउँका अग्निपीडित खुला आकाशमुनि बस्न बाध्य भएका छन् ।

रेडक्रसले वितरण गरेको त्रिपाल पर्याप्त नभएका कारण जलेको घर नजिक खुला आकाशमुनि बस्नुपरेको नरैनापुर गाउँपालिका–५ जमुनाहकी अग्निपीडित केतीका यादवले बताउनुभयो । “खुला आकाशमुनि निन्द्रा राम्रोसँग लाग्दैन, कतिबेला हावाहुरी र पानी आउने डर हुन्छ”, उहाँले भन्नुभयो, “दिउँसोमा गर्मी हुँदा र पानी पर्दा ओत लाग्ने छाना छैन, राम्ररी निदाउन पाइएको छैन ।”

स्थानीय सरकार, विभिन्न सङ्घसंस्था र राजनीतिक दलले खाद्यान्नलगायतका राहत सामग्री वितरण गर्दै आए पनि अग्नि पीडितले घर बनाउन सहयोगको अपेक्षा गर्ने गरेका छन् । “अग्निले घरसँगै धनमाल, लत्ता कपडा र वर्षभरि खाने धान चामल जलेर नष्ट भयो, लगाउने कपडा र बस्ने बास नहुँदा बालबालिका, महिला र वृद्धवृद्धालाई धेरै समस्या भएको छ”, स्थानीय केशवराम यादवले भन्नुभयो, “खानेकुरा त जसोतसो व्यवस्था गरौँला, घरको छाना हाल्ने जस्ता चाहिएको छ ।”

स्थानीय लालमोहन यादवले बस्ने घर नहुँदा गर्मीयाममा धेरै समस्या हुने गरेको सुनाउनुभयो । अग्निबाट पीडित कतिपयको आश्रयस्थल भए पनि अधिकांशले जलेको घरमै खाट लगाएर रात गुजार्ने गरेका छन् । गर्मीयाममा खुला आकाशमुनि सुत्नुपर्दा लामखुट्टे र सर्र्पदंशको डर हुने गरेको लालमोहनले बताउनुभयो ।

गत आइतबार जेठ १४ गते नरैनापुर–५ जमुनाह गाउँमा ११ घर नष्ट हुनेगरी अग्नि भएको थियो । गर्मीयामको सुरुआतसँगै नरैनापुर क्षेत्रमा अग्निका घटना बढेका छन् । यो वर्षमात्रै नरैनापुरको वडा नं ३ गेगलीगाउँमा पाँच घर, जनतापुरमा तीन घर, वडा नं ४ को जयरामपुरमा दुई घर गरी १० घरसहित २१ घरमा अग्नि भएको नेपाल रेडक्रस सोसाइटी गङ्गापुर उपशाखाका सचिव सोहनलाल यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार, गाउँपालिकामा अग्निका घटना यस वर्ष ठूलो प्रकोपका रुपमा भइरहेका छन् । अग्निपीडितलाई रेडक्रसमार्फत त्रिपाल, भाँडावर्तन र कम्बल वितरण गरिएको छ भने विभिन्न सङ्घसंस्थाद्वारा खाद्यान्नलगायत राहत वितरण गरिँदै आएको छ । नरैनापुरका अधिकांश बस्तीमा एकापसमा जोडिएर खरको छानाबाट बनेका घरमा अग्निको धेरै जोखिम हुने गरेको यादवको भनाइ छ ।

अग्निको प्रकोप न्यूनीकरण गर्न खरका छाना हटाउने अभियान सञ्चालन गरिने बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले बताउनुभयो । “अहिले तत्काल अग्नि पीडितलाई खाद्यान्न र लत्ताकपडासहितको अत्यावश्यक राहत सामग्री वितरण गरिएको छ”, उहाँले भन्नुभयो, “गाउँपालिका, प्रदेश सरकारसँग समन्वय गरेर नरैनापुरलाई खरको छानामुक्त बनाएर अग्निको समस्या समाधान गरिने छ ।”

उहाँले गत आइतबार अग्नि भएको नरैनापुर वडा नं ५ जमुनाहका ११ घर, यसअघि अग्नि भएका अन्य वडाका घरपरिवारलाई तत्कालका लागि चामल, तेललगायतका खाद्यान्न र लत्ताकपडा वितरण गरिएको बताउनुभयो ।रासस