• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो ★   कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने

गगन थापाको चेतावनीः अब देउवाले गरेका गल्ती सहेर बस्दिनँ



काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाबिरुद्ध संघर्ष गर्ने चेतावनी दिनुभएको छ ।

महामन्त्री थापाले पार्टी सभापति देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभुत मान्यता विपरित रेशम चौधरीलाई आममाफी दिने, नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेलगायतका काम गरेको आरोप लगाउँदै त्यस्ता गतिविधिबिरुद्ध संघर्ष गर्ने बताउनुभएको हो । प्रेस युनियन नेपालले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टीलाई उठ्नै नदिने गरी सभापति देउवाले सरकारलाई दिएका ती सहमतिहरु आफूलाई सैह्य नहुने बताउनु भयो ।

उहाँले अब पार्टी सभापति देउवाले गर्दै आएका यस्ता गलत निर्णयको संघर्ष गरेर पनि रोक्नुपर्ने भन्दै साथ दिन पार्टीको नेता, कार्यकर्तालाई आह्वान समेत गर्नुभयो । महामन्त्री थापाले पार्टी सभापति देउवाका एकल निर्णयहरु आफूले विगतमा मान्दै आएर गल्ती गरेको उल्लेख गर्दै अव त्यस्तो गल्ती गर्ने पक्षमा आफू नरहेको पनि पटकपटक दोहो¥याउनु भयो । काँग्रेस बदल्नुपर्ने भएकाले आफूले आफैँलाई बदल्न चाहेको उहाँको भनाई थियो ।

महामन्त्री थापाले भन्नुभयो, ‘केही दिन बीचमा नेपाली काँग्रेस संलग्न भएको सरकारले केही गम्भिर, महत्वपूर्ण दीर्घकालीन महत्वको र जनचासोको निर्णयहरु गर्यो । एउटा निर्णय आममाफीको विषयमा । जसको बारेमा साथीले चर्चा गर्नुभयो । एउटा निर्णय नागरिकताको विषयमा । एउटा निर्णय प्रदेश सरकारमा काँग्रेसको सहभागिता, सहभागिताको लागि भएको मन्त्रालय पनि तोडफोड गर्ने विषयको सन्दर्भमा । एउटा निर्णय सरकारले ग¥यो भर्खर सांसद विकास कोषको सन्दर्भमा । यस्ता कैयन विषयहरु छन् । जुन विषयहरु मैले लङ लिस्ट भन्नसक्छु । यी सबै विषयहरुका सन्दर्भमा नेपाली काँग्रेसको पार्टी सभापतिले, मुख्य नेतृत्वले एक्लै गर्नु भएको निर्णयहरु हो । यो निर्णय मैले तपाई भन्दा पछाडि थाहा पाएको हुँ । किनकी पहिला तपाईले थाहा पाउनुभयो । तपाईले बाहिर सम्प्रेषित गर्नुभयो । र, मैले त्यसलाई सुने । अव मैले बदल्ने भनेको यो परिपार्टी गएको एक, डेढ वर्षदेखि चल्दै आएको छ ।

आजको दिनसम्म चल्यो । मैले यसलाई सहँदै आएँ । मैले यसलाई मान्दै आएँ । किन मान्दै आए भने सभापति हो, सभापति बहुमतमा हुनुहुन्छ । सभापतिले गर्नुहुन्छ, सभापतिले कुनै न कुनै दिन गर्नुहोला, मिलाउनु होला भन्ने भयो । मैले बदल्ने भनेको मैले नसहनुपर्ने कुरा सहेको हुनाले अब म सहन्न भन्ने कुरा मैले आफूलाई बदल्ने हो । मैले मान्दिन भन्ने कुरा बदल्ने हो । जुन कुराले पार्टीको हित गरिरहेको छैन । पार्टीको अहिले गरिरहेको कुरा, पार्टीको आधारभुत मान्यतासँग बाँझिने गरी गरिएका जुन निर्णयहरु छन् ।

ती निर्णयहरुको भारी प्रकारान्तरले हामी पार्टीका तमाम सदस्यरुले बोक्नुपर्ने जुन स्थिति बनेको छ । यो गर्नेक्रमलाई रोक्ने हो । यो गर्नेक्रमलाई अब लडेर रोक्ने हो । जुधेर रोक्ने हो । संघर्ष गरेर रोक्ने हो । किन ? यो रोक्न आवश्यक छ । एकपछि अर्को गलत निर्णय गर्दै गयो भने यो भारीले पार्टी यसरी थिचिन्छ, चाहेर पनि यसलाई कसैले उठाउन सक्दैन । कसैले यसलाई बोक्न सक्दैन । म यी विषयहरुका सन्दर्भमा पार्टीमा आफूले गरिरहेको ठाउँबाट म अहिलेसम्म जसरी काम गरिरहेको छु । म यो बाम गर्ने तरिकालाई बदल्न चाहन्छु । किन ? मैले आफूलाई बदलेभने मात्रै मैले पार्टी बदलिन्छ भनेर भन्न पाउँछु । यसरी नै पार्टीका साथीहरु नयाँ भुमिकामा बदलिनु पर्दछ भन्ने ठान्दछु । त्यसको प्रारम्भिक नेपाली काँग्रेसका कुनै पनि सदस्य हामी गुटसँग आवद्ध छौं ।’

महामन्त्री थापाले पार्टीलाई ‘दाई’हरुको पार्टीको रुपमा नभई तल्लो तहका कार्यकर्ताहरुको पार्टीमा रुपान्तरण गर्न आफूले देशव्यापी अभियान चलाउने घोषणा समेत गर्नुभयो ।