२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशमलाई आममाफी, नागरिकता विधेयक प्रमाणीकरणमा देउवाको एकल सहमति छ– गगन थापा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरीको आममाफी र नागरिकता विधेयक प्रमाणीकरण जस्ता विषय पार्टी सभापति शेरबहादुर देउवाको एकल सहमतिमा भएको बताउनुभएको छ ।

काठमाडौंमा शुक्रबार आयोजित प्रेस युनियनको कार्यक्रममा उहाँले यो दुई निर्णय कांग्रेसको नभएको तर पार्टी सभापतिको बलमा सरकारले गरेका निर्णयहरु पछि मात्रै थाहा पाएको थापाले बताउनुभयो ।

महामन्त्री थापाले भन्नुभयो, “आममाफी, नागरिकताको विषय, प्रदेश सरकारमा सहभागिताका लागि प्रदेशको मन्त्रालय तोडफोड, सांसद विकास कोषलगायत यी सबै विषय कांग्रेसको पार्टी सभापतिले एक्लै गर्नुभएको निर्णय हो । यो निर्णय मैले तपाईंहरुले भन्दा पछि थाहा पाएको हुँ ।”

सभापति देउवाको कार्यशैलीलाई अब नसहने चेतावनी दिँदै उहाँले भन्नुभयो, “टुलुटुलु हेरेर बसिन्न् । कांग्रेस बदलिन्छ । संघर्ष गर्ने हो ।”