८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहालको महाकालेश्वर मन्दिरमा विशेष पूजा, १०८ किलोको रुद्राक्ष अर्पण गरिदै



अ+ अ-

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत इन्दौर प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री दाहालले इन्दौरमा अवस्थित महाकालेश्वर मन्दिरमा विशेप पूजाआराधना र वास्तुकलाको अवलोकन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालले महाकालेश्वर मन्दिरमा १०८ किलोग्रामका रुद्राक्षका दाना अर्पण गर्न लाग्नुभएको छ । वैदिक सनातनि हिन्दूहरूले मान्ने गरेका १२ ज्योतिर्लिङ्गमध्ये एक मानिने महाकालमा प्रधानमन्त्रीले ११ बजे पूजाआराधानाको गर्नुहुनेछ । प्रधानमन्त्रीको सवारीकै कारण शुक्रबार बिहान ६ बजेबाट मध्यान्ह १२ बजेसम्म मन्दिर सर्वसाधारणको लागि प्रवेश निषेध गरिएको छ ।

प्रधानमन्त्रीको रूपमा भारतमा प्रचण्डको यो चौथो भ्रमण हो । तर, मन्दिर भ्रमणलाई औपचारिक भ्रमणको सूचीमा राखिएको भने यो पहिलोपटक हो ।

प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा मध्य प्रदेशका राज्यपाल मङ्गुभाइ छगनभाइ पटेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ । स्वच्छ भारत अभियानअन्तर्गत इन्दौर म्युनिसिपल कर्पोरेशनले सम्पादन गरेको कामको बारेमा उहाँले जानकारी लिने कार्यसूची छ ।

फोहर व्यवस्थापनमा सकारात्मक परिणाम देखिएको इन्दौरको असल र सफल अभ्यासको अवलोकनपछि प्रधानमन्त्री दाहालकोे सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले रात्रिभोजको आयोजना गर्नुहुनेछ ।

शनिबार प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले ‘टिसीएस इन्फोसिस’ विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ । बिहीबार प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ताका अलावा दुई देशबीच महत्वपूर्ण विषयमा सहमति तथा समझदारी भएको थियो । प्रधानमन्त्री दाहाल शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।