२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको सचिवालय बैठक बस्दै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा बिहान साढे ११ बजे बैठक बस्न लागेको हो ।

आजको बैठक वार्षिक कार्यसूचीलाई अन्तिम रुप दिन तथा केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्नका लागि बस्न लागेको हो । गत वैशाखमा बसेको केन्द्रीय कमिटीको बैठकले गत फागुनदेखि वैशाखसम्म चलेको ‘मिसन ग्रासरूट’ अभियान प्रभावकारी भएकाले थप एक वर्षसम्म केन्द्रीय सदस्यहरूलाई त्यसरी परिचालन गर्ने केन्द्रीय कमिटीको निष्कर्ष थियो।

एमालेले २०८० चैत मसान्तभित्रमा सबै तहगत कमिटीका अधिवेशन सक्ने कार्ययोजना बनाएको छ। त्यस्तै असार १ गतेदेखि ‘मिसन ग्रासरूट’ थप विस्तार गर्ने लक्ष्यसहित संगठन सुदृढीकरण र परिचालनको नयाँ कार्ययोजना पनि एमालेले बनाएको छ । आज बस्ने सचिवालय बैठकले केन्द्रीय सदस्यहरूको नयाँ कार्यविभाज गर्ने छ ।