२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत किन गए बालेन शाह ?



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक भारत भ्रमणकै छेकोमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह भारत गएको विषयले यतिबेला सामाजिक सञ्जाल तातेको छ । शाह मात्रै होइन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि यति बेला कामको सिलसिलामा भारतको मुम्बईमा हुनुहुन्छ ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणकै अवसरमा यी दुई पछिल्लो समयमा चिर्चित राजनीतिज्ञको भारत भ्रमणलाई लिएर टिकाटिप्पणी हुन थालेको छ । रास्वपा सभापति लामिछानेले आफ्नो भ्रमण पूर्वनिर्धारित भएको भन्दै सामाजिक सञ्जालमा स्पष्टीकरण दिनुभएको छ भने काठमाडौँ महानगरका प्रमुख शाह भने आफ्नो पीएचडीका लागि कागजपत्र लिन बैंग्लोर गएको खुलेको छ ।

प्रमुख शाहले काठमाडौँ विश्वविद्यालयबाट पीएचडी गर्न लागेको र आवश्यक कागजात लिन आफू अध्ययन गरेको कलेजमा पुगेको जानकारी प्राप्त भएको छ । काठमाडौँ विश्वविद्यालयले कागजपज्ञ बुझाउने अन्तिम दिन आजलाई तोकेकाले महानगर प्रमुख शाह श्रीमति लिएर भारत पुग्नुभएको हो ।

प्रमुख शाहले कन्जरभेसन अफ नेवा स्ट्रक्चर अफ काठमाडौँ भ्याली टु प्रमोट टुरिजम एण्ड इकोनोमी विषयमा पीएचडी गर्दै हुनुहुन्छ ।

यता रवि लामिछानेले भने मुम्बई पुगेर शान्त बिद्रोह गर्न जनतालाई आह्वान गर्नुभएको छ । उहाँले भन्नुभएको छ ।

प्रिय रास्वपा परिवारका साथीहरू, म पुर्वनिर्धारित, पुर्णतः गैर राजनीतिक र नितान्त निजी कामले मुम्बईमा छु। नेपाली जनताले ठुलो आशा भरोसा बोकेर हामीलाई संसदमा पठाएका हुन्। यो हाम्रो जागिर होइन, बिद्रोह हो। हामीले जनताको बाहेक कसैको आवज सुन्नु पर्दैन। मुलुकको हित बाहेक हामीले कसैको हितलाई ध्यान दिनु पर्दैन। ३ वटा कुरा नबिर्सौं।
१) हामी किन राजनीतिमा आयौं।
२) हामीलाई नेपाली जनताले किन भोट दिए।
३) ८४ सालमा जनता हामीलाई कहाँ हेर्न चाहन्छन् ।
शान्त विद्रोहका चरणवद्द कार्यक्रमहरु शुरु गर्नु होला तर जनताले रतिभर दुख नपाउन्। आइतबार पछि म जोडिने नै छु।
योग्य हुदा हुदैपनि अनागरिक हुन वाध्य पारिएका कयौं पीडित नेपालीहरुले आफ्नो नागरिकताको अधिकार प्राप्त गर्नु पर्छ भन्ने कुरामा हाम्रो कहिल्यै, कहिँ बिमती थिएन, छैन। र हामी नेपाली महिलाहरुलाई ‘पतिको पहिचान नखुलेको’ लेख्नु पर्ने अपमानजनक प्रावधानको विपक्षमा छौं। आम शुभेच्छुकहरुले हाम्रो विज्ञप्ति राम्ररी, पुरै पढ्ने प्रयास गरिदिनु होला।