९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणः ऊर्जा व्यापारमा ऐतिहासिक सहमति

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणः ऊर्जा व्यापारमा ऐतिहासिक सहमति
फाईल फोटो
अ अ+ अ-

नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल शान्ति अहिंसाका प्रवर्तक महात्मा गान्धीको समाधिस्थल पुग्दै गर्दा बिहीबा बिहान हल्का वर्षा भइरहेको थियो ।

उष्ण मौसम भएको यहाँ हल्का वर्षा भइरहेका कारण गर्मीको अनुभव गर्न परेको छैन । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डले त्यसलाई आफ्नै शब्दमा साँझ आयोजित कार्यक्रम व्यक्त गर्नुभयो । “आज बिहान हामी महात्मा गान्धीको समाधिस्थल जाँदै गर्दा हल्का वर्षा भइरहेको थियो । त्यसले हामी सबैलाई सकारात्मक अनुभूति गराएको थियो”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नेपाल र भारतबीचको सम्बन्ध आजका दिनदेखि नयाँ चरणमा प्रवेश गरेको छ ।”

प्रधानमन्त्री दाहालले आफ्नै शब्दमा प्रस्तुत गर्नु भएजस्तै नेपालले लामो समयदेखि माग गर्दै आएका केही महत्वपूर्ण विषयमा यस पटक सहमति भएको छ । बिजुली व्यापारको तीव्र प्रतीक्षामा रहेको नेपालले आफ्नो आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने गरी अनमति पाएको छ । उच्च राजनीतिक तहमा सहमति भएपछि केही प्राविधिक विषयमा क्रमशः सहमति बन्दै जान्छ ।

भारतले आगामी १० वर्षभित्रमा १० हजार मेगावाट बिजुली नेपालबाट आयात गर्ने भएको छ । यस्तै, माथिल्लो तामाकोशीलगायतका आयोजनाको बिजुुलीसमेत खरिद गर्ने भएको छ । यो आफैँमा महत्वपूर्ण सहमति हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बिजुली व्यापारमा त यो ऐतिहासिक ‘ब्रेक थ्रु’ नै हो । बुधबार भारतको औपचारिक भ्रमणमा आउनुभएका प्रधानमन्त्रीले बिहीबार उहाँका भारतीय समकक्षीदेखि यहाँका राष्ट्रपति, उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नुभयो ।

साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गरेको नेपाल बिजनेश समिटलाई समेत सम्बोधन गर्नुभयो । भ्रमणका क्रममा केही ऐतिहासिक र दूरगामी महत्वका विषयमा सहमति र समझदारी भएका छन् । जुन नेपालको समग्र आर्थिक विकास र समृद्धिका लागि कोसे ढुङ्गा सावित हुनेमा कुनै दुविधा नरहेको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको भनाइ छ ।

प्रधानमन्त्रीले हैदरावाद हाउसमा आफ्ना समकक्षीका बीचमा गर्नुभएको छलफलपछि विभिन्न सात वटा विषयमा सहमति भएका छन् । त्यसमा न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको शिलान्यास, फुकोट कर्णाली जलविद्युत् आयोजना, रेल्वे लाइनको उद्घाटन, एकीकृत जाँचचौकी, दोधारा चाादनीमा सुक्खा बन्दरगाहको निर्माण, पेट्रोलियम पाइप लाइनकोे निर्माण र तल्लो अरुण जलविद्युत् आयोजनाको परियोजना विकास सम्झौता (पीडिए) छन् । यस्तै, नेपालले हवाई मार्गका सम्बन्धमा राखेको विषयमा समेत महत्वपूर्ण सहमति भएको परराष्ट्र मन्त्रालयको भनाइ छ ।

यस्तै, नेपालको बिजुली बंगलादेश निर्यात गर्ने विषयमा समेत महत्वपूर्ण समझदारी बनेको छ । बङ्गलादेशले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न चाहेको र त्यसमा भारतको सहमतिसमेत खोजिरहेको अवस्थामा सहमति त्रिदेशीय विकासका लागि समेत महत्वपूर्ण परिघटना बन्न पुगेको छ ।

यस्तै, प्रधानमन्त्री प्रचण्डले आफ्ना भारतीय समकक्षीसँग स्पष्ट शब्दमा सीमा समस्या समाधानका लागि आग्रह गर्नुभएको छ । नेपाल र भारतका बीचमा सीमा समस्या छन् । ती समस्या समाधानका लागि दुवै प्रधानमन्त्रीको सहमति छ । प्रधानमन्त्री प्रचण्डले हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा नै आफूले आफ्ना भारतीय समकक्षीसँग सीमा समस्या समाधानका लागि अनुरोध गरेको जानकारी दिनुभएको थियो ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “प्रधानमन्त्री मोदीजी र मैले सीमा मामिलाको बारेमा पनि छलफल ग¥यौँ । मैले मोदीजीलाई सीमा समस्या स्थापित द्विपक्षीय कूटनीतिक संयन्त्रमार्फत समाधान गर्नको लागि अनुरोध गरेँ ।” भारतीय प्रधानमन्त्री मोदीले पनि नेपाल र भारतबीचको सम्बन्ध हिमालय जतिकै उच्च रहेको विश्लेषण गर्नुभयो । उहाँले भन्नुभयो, “हामी आफ्नो सम्बन्ध हिमालय जतिकै उचाइ दिनको लागि काम गरिरहन्छौँ । यो यही भावनाबाट हामी सबै मुद्दाको चाहे सीमाको हो या कुनै अरु विषय सबैको समाधान गर्छौँ ।”

प्रधानमन्त्रीको भारत भ्रमणपछि वर्षौंदेखि थाँती रहेका विषय क्रमशः समाधानको दिशामा अग्रसर भएका छन् । दुई देशका बीचमा नयाँ आधारमा सम्बन्धको सुरुआत भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । प्रधानमन्त्री प्रचण्ड बस्नुभएको होटल आइसी मौर्यमा आयोजित कार्यक्रममा भारतका सङ्घीय मन्त्री पियूष गोयलले पनि नेपाल र भारतबीचको सम्बन्ध सीमा, भूराजनीतिले निर्धारण नगर्ने, बरु हामी एकै परिवारका सदस्य भएको बताउनुभयो ।

नेपाल र भारतबीचको सम्बन्ध ठूलो दाजु र भाइको जस्तो नभई पारस्परिक विश्वास र सम्मानमा आधारित रहेको बताउनुभयो । दुई देशका प्रधानमन्त्रीबीच भएको छलफलले नयाँ विश्वास र सद्भावको आधार बनाएको उहाँको भनाइ थियो ।

गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि गठन भएको वर्तमान सरकारले सुशासन र समृद्धिलाई प्रमुख प्राथमिकतामा राखेको छ । सोही प्राथमिकतामध्येको समृद्धिको कार्यसूचीलाई अगाडि बढाउन प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले नयाँ आयाम थपेको भन्दै नेपालका उद्योगी व्यवसायीसमेत प्रसन्न भएका छन् ।

बिजुली व्यापारमा सम्बन्धमा भएको पछिल्लो सहमतिले नेपालमा ऊर्जाको क्षेत्रमा थप लगानी भित्रने उनीहरुको भनाइ छ । महासङ्घका अध्यक्ष ढकालले पनि बिजुली व्यापारका सम्बन्धमा सहमति आफैँमा महत्वपूर्ण भएको बताउनुभयो । उहाँले नेपाल विद्युत् प्राधिकरणले चालु आवमा नै बिजुली बिक्री गरेर एउटा तथ्य स्थापित गरिसकेको बताउँदै आजको सहमति पछि थप नयाँ आधार तयार हुने र नेपालको समृद्धिको दिन धेरै टाढा नभएको बताउनुभयो ।

यस्तै नेपाल र भारतबीचको धार्मिक र सांस्कृतिक सम्बन्ध धेरै पुरानो रहेको सन्दर्भ जोड्दै भारतीय प्रधानमन्त्रीले त्यसलाई थप बलियो बनाउने बिताउनुभएको थियो । उहाँले संयुक्त पत्रकार सम्मेलनमा भन्नुभएको थियो, “यो सुन्दर क्षणलाई अझ बढी महत्व दिनको लागि प्रधानमन्त्री प्रचण्डजी र मैले निश्चित गरेका छौँ कि रामायण सर्किटसँग सम्बन्धित परियोजनामा तीव्रता ल्याउनु पर्छ ।” नेपाली उद्योगी व्यवसायी, परराष्ट्र, ऊर्जा जलस्रोत तथा सिँचाइ, उद्योग वाणिज्य तथा आपूर्ति, अर्थमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर चार दिने भारत भ्रमणमा आउनुभएका प्रधानमन्त्री प्रचण्डको यस पटकको यात्राले नयाँ आयाम थपेको जानकारको टिप्पणी छ । – रमेश लम्साल