• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा दश जना पक्राउ ★   चेन्नईलाई हराएर मात्रै आरसीबी प्लेअफमा पुग्दैन, यस्तो गर्नुपर्नेछ ★   ‘ओशो पार्क’ पर्यटकको रोजाइमा ★   कोशी प्रदेश सभा: कानून निर्माणमा कमजोर, विषयगत समितिले पूर्णता पाउँदै ★   प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित ★   गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ– तस्बिरहरु ★   संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः ओली ★   युरो कपका लागि जर्मनीको टोली घोषणा ★   डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट ★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय

चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गर्‍यो: भुवन केसी



file photo

काठमाडौँ । चलचत्रि विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गरेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रममा बोल्दै उहाँले बोर्डले आवश्यक ठानेर पठाएको मागलाई बेवास्ता गर्दै सरकारले बजेटमा चलचित्र क्षेत्रलाई उपेक्षा गरेको बताउनुभएको हो ।

उहाँले नेपाली चलचित्रको प्रवद्र्धनका लागि स्टुडियो बनाउने कुराले खुशी बनाएपनि बोर्डले विज्ञ र सम्बन्धित संस्थाहरुसँग छलफल गरी बजेट निकासा गर्न आग्रह गरेको फाइलअनुसार अर्थ मन्त्रालयले चलचित्र क्षेत्रका लागि बजेट नदिएको बताउनु भयो । उहाँले बजेटमा सरकारले विदेशी चलचित्र आयात गर्ने कुरामा ५ प्रतिशत कर लगाउनुपर्ने कुरालाई बेवास्ता गर्दै १ प्रतिशत मात्रै लगाउने नीति लिएकोप्रति पनि असन्तुष्टि जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली चलचित्रको प्रवद्र्धनका लागि स्टुडियो आवश्यक छ । एउटा स्टुडियो पनि नभएको अवस्थामा दुई वटा स्टुडियो अवधारणा आयो, त्यो सुन्ने बित्तिकै हामी हर्षित भयौँ, एउटा काभ्रो र अर्को दोलखाको । सरकारप्रीत हामी खुशी भयौँ । अर्को विदेशी चलचित्र आयात गर्ने बारेमा हामी सबैले छलफल गरेर सुझाव दिएका थियौँ की, विदेशी चलचित्रको शुल्क ५ प्रतिशतसम्म गरियोस् वा एक लाखसम्म गरियोस् भन्ने माग थियो । तर त्यसमा आउँदा १ प्रतिशत मात्रै आयो ।

हामीले चलचित्र सम्बन्धी आवश्यक कुरा मन्त्रालयमा बढाएका छौँ । यस बारेमा जानकारी लिँदा अर्थ मन्त्रालयसम्म पुगेको रहेछ । अर्थ मन्त्रालयबाट हामीले पठाएको माग भन्दा ठिक उल्टो गरी आएको छ । प्रधानमन्त्रीज्यु भारतभ्रमणबाट आउनेबित्तिकै यसबारेमा कुरा गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्रीले आश्वासन दिनुभएको छ।’

अध्यक्ष केसीले चलचित्र क्षेत्रलाई सरकारबाट चासो नदिएकोप्रति प्रधानमन्त्रीको भारत भ्रमणपछि विस्तृत रुपमा छलफल गर्ने बताउनु भयो ।