९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

नयाँ संसद भवनको काम निर्धारित समय भित्र सम्पन्न गर्न सभामुखको निर्देशन

नयाँ संसद भवनको काम निर्धारित समय भित्र सम्पन्न गर्न सभामुखको निर्देशन
file
अ अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले नयाँ संसद भवनको काम निर्धारित समय भित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

बिहीवार सिंहदरबारस्थित निर्माणधीन संसद भवनको निरीक्षण एवं अवलोकन गर्दै उहाँले ठेक्का समयभित्रै काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।

उहाँले अहिले ठेक्का प्राप्त समयको हिसावले काम कम भएको बताउनु भयो । उहाँले अबका दिनमा कामले गति लिने विश्वास व्यक्त गर्नुभयो । उहाँले विगतका प्रतिकुलतालाई अनुकुलतामा बदलेर तोकिएको समयभित्रै काम सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘समयको हिसावले काम कम छ, तर अब यसले गति लिन्छ, सबै लाग्नुपर्छ, बन्नुपर्छ समयमा नै । यो राष्ट्रको आवश्यक्ता हो । हिजोका प्रतिकुलतालाई अब अनुकुलतामा बदलेर समयमा नै काम सक्नुपर्छ । अब अनुकुलता सबै ठाउँमा छ । यसले अब समयमा नै काम सकिन्छ ।’

सभामुख घिमिरेले वर्तमान अवस्थामा देशको अर्थतन्त्र सन्तोषजनक नरहेपनि संसद भवन निर्माण कार्यका लागि सरकारले भुक्तानी गर्न आनाकानी नगरेको बताउनु भयो । उहाँले सबै भुक्तानी समयमा नै दिइरहेकाले निर्माण पक्षले पनि सरकारको आवश्यक्तालाई बुझेर निर्माण कार्य समयमा नै सम्पन्न गर्नुपर्ने बताउनु भयो । उहाँले मन्त्रालय र ठेकेदार कम्पनीले एकले अर्कोलाई दोष लगाउनु भन्दा आफ्नो काम सम्पन्न गर्नेकुरामा बढी जोड हुुनपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले समयमा नै काम सक्नुपर्छ, अहिले देशको अर्थतन्त्र त्यति गतिलो छैन । हामीले कतिपय ठाउँमा पेमेण्ट गर्न नसकेर ठेकेदारहरु त्यत्तिकै बसेका छन्, तर यहाँ त कुनै पेमेण्टको समस्या नै छैन भनेपछि काम समयमा नै सक्नुपर्छ । संसदका कर्मचारीहरुले बिहानदेखि काम गर्दा खाजा खान नपाएको कुरामा नै आज हामी छलफल गर्दैछौँ । देशको आर्थिक संकट यस्तो छ । कर्मचारीहरुले यस्तो व्यहोरेर भएपनि कसरी काम चलाउने भन्नेकुरा छ । एकले अर्कोलदाई दोष नदेखाऔँ । साझा दायित्वका रुपमा काम गरौँ । ६३ प्रतिशत बल्ल पुगेको छ । समग्रमा ५० प्रतिशतमा छौँ ।’