९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

पार्टी अप्ठ्यारोमा परिसक्यो– गगन थापा

पार्टी अप्ठ्यारोमा परिसक्यो– गगन थापा
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस अहिले अफ्ठ्यारो अवस्थामा गुज्रिरहेको बताउनुभएको छ ।

छापाखाना तथा सञ्चारसम्बद्ध संघको कार्यक्रममा उहाँले पार्टी नेतृत्वप्रति कार्यकर्तास्तरबाटै असन्तुष्टि आएको उल्लेख गर्दै भन्नुभयो, “अहिले पार्टीको तल्लो तहमा गएर बुझ्दा पार्टीको नेतृत्वसँगै निराश भएको छु भन्ने कुरा आउँछ।” आफू पनि पार्टीको नेतृत्वभित्र रहेको भन्दै उहाँले नेतृत्वले ठिक ढंगले काम गर्न सकिराख्नुभएको छैन भनेर आम साथीहरूले भन्ने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “काम गर्न नसकिरहेको अवस्था पनि छ। त्यो बेलामा सर्लक्क हामीले छाडेर पार्टीभित्र राम्रो हुन्छ भने त्यो बेलामा छाड्दिनुपर्छ। पार्टीको महामन्त्री भएर मैले यो भनिराख्दा पार्टीको सभापति यो भन्न तयार हुनुहुन्छ कि हुनुहुन्न भन्ने प्रश्न पनि आउँछ। त्यसमा उहाँ तयार हुनुहुन्छ ?” कार्यकर्ता तहको सुझावको आधारमा पार्टी अगाडि बढाउनुपर्ने उल्लेख गर्दै महामन्त्री थापाले भन्नुभयो, “पार्टी अप्ठ्यारोमा परेको बेलामा तल गएर सोध्ने हो, सोध्दै गर्दा जे साथीहरूले भन्छन् तालमेल गर्नुभयो ठिक भएन भन्नुभयो भने नगर्ने। अर्कोतिर नेतृत्व काम लागेन भन्नुभयो भने नेतृत्वले छाड्दिहाल्ने। जहाँ समस्या भएको छ त्यहीँबाट समाधान नखोजे पार्टी बन्दैन।” चुनाव जितेर संघदेखि प्रदेश स्थानीय तहसम्ममा नेतृत्व हुँदा समेत पार्टी कार्यकर्ता तहमा व्यापक निराशा छाएको उहाँको भनाइ थियो ।

आगामी निर्वाचनमा सबै दलहरू एकै ठाउँमा उभिए पनि कांग्रेसले चुनावअघि कसैसँग गठबन्धन नगरी एक्लै लड्नुपर्ने उहाँको धारणा थियो ।