६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा पनि मनाइयो विश्व ओत दिवस



अ+ अ-
काठमाडाैँ । वन्यजन्तु अध्ययन तथा शिक्षा सञ्जाल र अमृत क्याम्पसको संयुक्त प्रयासमा आज यहाँ विश्व ओत दिवस, मनाइएको छ । विश्व ओत दिवस २०२३ का अवसरमा ओतसम्बन्धी तीन वटा कार्यपत्र अमृत क्याम्पसमा अध्ययनरत स्नातक र स्नातकोत्तर तहका विद्यार्थीमाझ प्रस्तुत गरिएको थियो ।
कार्यपत्र प्रस्तुत गर्दै आयोजक संस्थाका प्रतिनिधि तथा ओत विशेषज्ञ समूहका सदस्य सुर्वणराज घिमिरेले ओत र यसका विभिन्न प्रजातिबारे जानकारी दिँदै ओत संरक्षणका अपरिहार्यताबारे प्रस्तुति दिनुभयो ।
यसैगरी ओत विशेषज्ञ समूहका सदस्य मोहनविक्रम श्रेष्ठले नेपालमा कालो ओत ९युरेसियन अटर०सम्बन्धी भएका अध्ययन, अनुसन्धानबारेमा जानकारी दिँदै यसका उपस्थितिका सम्भावित स्थानबारे प्रष्ट पार्नुभयो । ओत विशेषज्ञ समूहका सदस्य पूर्णमान श्रेष्ठले नेपालमा ओत संरक्षणसम्बन्धी विगत तथा वर्तमान भएका प्रयासबारे जानकारी दिनुभएको थियो ।
आइयुसीएन नेपालका निमित्त कार्यवाहक कन्ट्री रेप्रिजेन्टेटीभ नरेन्द्रमानबाबु प्रधानले अब नेपालमा ओतको उपस्थितिसम्बन्धी अध्ययन मात्र नभई अब विभिन्न प्रजातिका ओतको बानी व्यवहार तथा उनीहरुमा हुनसक्ने जोखिम र चुनौती पहिल्याइ ओत संरक्षणमा अघि बढ्नका लागि सुझाव दिनुभयो ।
डब्ल्यूडब्ल्यूएफका जलीय जैविक विविधताका कार्यक्रम प्रमुख राजेश सादाले नेपालमा खैरो ओतको वर्तमान अवस्था तथा आगामी कार्यक्रमबारेमा जानकारी दिनुभयो । साना स्तनधारी वन्यजन्तु संरक्षण तथा अध्ययन फाउण्डेशनका प्रतिनिधि सञ्जन थापाले नेपालमा ओत अध्ययन तथा अनुसन्धानको विगत र वर्तमान अवस्था र आगामी दिनमा चाल्नुपर्ने कदमबारे उल्लेख गर्नुभयो ।
अमृत क्याम्पसका सहायक क्याम्पस प्रमुख दीपक गुप्ताले यसप्रकारका कार्यक्रममले विद्यार्थीमा जैविक विविधतासम्बन्धी चेतना अभिवृद्धि भई जैविक विविधता संरक्षणमा ठूलो योगदान पु¥याउने बताउनुभयो ।
कार्यक्रममा आइयुसीएन नेपालका निमित्त कार्यवाहक कन्ट्रि रेप्रिजेन्टेटीभ नरेन्द्रमानबाबु प्रधान, डब्ल्यूडब्ल्यूएफका जलीय जैविक विविधताका कार्यक्रम प्रमुख राजेश सादा, अमृत क्याम्पसका सहायक क्याम्पस प्रमुख दीपक गुप्ता तथा साना स्तनधारी वन्यजन्तु संरक्षण तथा अध्ययन फाउण्डेशनका प्रतिनिधि सञ्जन थापा र वन्यजन्तु अध्ययन तथा शिक्षा सञ्जालकी उपाध्यक्ष राशीला कोजुको उपस्थिति थियो ।-रासस