२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा



file photo: anfa
अ+ अ-

काठमाडौं । असारमा हुने साफ च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ ।

मंगलबार नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् ।

साफ च्याम्पियनसिपको १४औँसंस्करण असार ६ देखि १८ गतेसम्म भारतको बेङ्गलुरुमा हुँदैछ । प्रतियोगितामा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्स गरि आठ टिमले सहभागिता जनाउनेछन् ।

प्रतियोगिताको यस संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीका रुपमा सहभागिता जनाउनेछन् ।

च्याम्पियनसिपको समूह ‘ए’ मा नेपालसहित साविक विजेता भारत, कुवेत र पाकिस्तान छन् । समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

नेपालको प्रारम्भिक टोली
गोलकिपरः किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डरः विक्रम लामा, रोहित चन्द, अनन्त तामाङ, देवेन्द्र तामाङ,विमल पाण्डे, सनिश श्रेष्ठ, निशान्त खड्का, आशिष गुरुङ, सिमान्त थापा, अन्जल महर्जन

मिडफिल्डरः पुजन उपरकोटी, नविन लामा, एरिक विष्ट, मणिकुमार लामा, सुदीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, विशाल तामाङ

फरवार्डः नवयुग श्रेष्ठ, अन्जन विष्ट, विमल घर्तीमगर, जिलेस्पीजंग कार्की, आयुष घलान, दिपकराज सिंह ठकुरी, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जिलेस्पीजंग कार्की, दिनेश हेम्जन