२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत भ्रमणमा सकेसम्म राम्रो गरेर आउँछु– प्रधानमन्त्री प्रचण्ड



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा सकेसम्म राम्रो गर्न कोसिस गर्ने बताउनुभएको छ । उहाँले भ्रमणका क्रममा सकेसम्म राम्रो गर्ने नभए नराम्रो चाहिँ नगर्ने बताउनुभयो ।

माओवादी सल्लाहकार समिति र जेष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकमा मंगलबार उहाँले जनताले सम्झिने केही काम होस् भन्ने चाहनाका साथ भोलि भारत जान लागेको उल्लेख गर्नुभयो ।

ठूलो बजारको सुनिश्चितता नहुँदा नेपालको विद्युतमा ठूलो लगानी आउन नसकेको भन्दै उहाँँले बजार सुनिश्चित गर्ने सम्भावना रहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले बंगलादेशसम्म नेपालको विद्युत व्यापारको बाटो खोल्न सके भविश्यसम्म सम्झने काम हुने बताउनुभयो । “पञ्चेश्वर २६ वर्षदेखि रोकिएर बसेको छ । त्यसलाई मात्र ठिक ढंगले खुलाउन सक्ने हो भने राम्रो गर्छ”, उहाँको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डका अनुसार ट्रेड एण्ड ट्रान्जिट सन्धिलाई टुंगोमा पुर्‍याउने, सीमा विवादको समाधान खोज्ने लगायतका एजेण्डा आफ्नो भारत भ्रमणमा रहेको जानकारी दिनुभयो । “मैले लिएको संकल्प यत्ति हो भोलि राम्रो गर्न सकिए ठीक छ, सकिएन भने नराम्रो गरेर चाहिँ नआउने”, उहाँले भन्नुभयो ।