७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत भ्रमणमा सकेसम्म राम्रो गरेर आउँछु– प्रधानमन्त्री प्रचण्ड



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा सकेसम्म राम्रो गर्न कोसिस गर्ने बताउनुभएको छ । उहाँले भ्रमणका क्रममा सकेसम्म राम्रो गर्ने नभए नराम्रो चाहिँ नगर्ने बताउनुभयो ।

माओवादी सल्लाहकार समिति र जेष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकमा मंगलबार उहाँले जनताले सम्झिने केही काम होस् भन्ने चाहनाका साथ भोलि भारत जान लागेको उल्लेख गर्नुभयो ।

ठूलो बजारको सुनिश्चितता नहुँदा नेपालको विद्युतमा ठूलो लगानी आउन नसकेको भन्दै उहाँँले बजार सुनिश्चित गर्ने सम्भावना रहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले बंगलादेशसम्म नेपालको विद्युत व्यापारको बाटो खोल्न सके भविश्यसम्म सम्झने काम हुने बताउनुभयो । “पञ्चेश्वर २६ वर्षदेखि रोकिएर बसेको छ । त्यसलाई मात्र ठिक ढंगले खुलाउन सक्ने हो भने राम्रो गर्छ”, उहाँको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डका अनुसार ट्रेड एण्ड ट्रान्जिट सन्धिलाई टुंगोमा पुर्‍याउने, सीमा विवादको समाधान खोज्ने लगायतका एजेण्डा आफ्नो भारत भ्रमणमा रहेको जानकारी दिनुभयो । “मैले लिएको संकल्प यत्ति हो भोलि राम्रो गर्न सकिए ठीक छ, सकिएन भने नराम्रो गरेर चाहिँ नआउने”, उहाँले भन्नुभयो ।